arrow

धनकुटा उद्योग बाणिज्य संघको अध्यक्षमा राई

logo
प्रकाशित २०७६ फागुन १९ सोमबार
suma.JPG

 धनकुटा । धनकुटा उद्योग बाणिज्य संघको आज सम्पन्न भएको निर्वाचनमा अध्यक्षमा विजय सन्तोषी राई लगायत १९ जना कार्यसमिति निर्विरोध निर्वाचित भएका छन ।

वरिष्ठ उपाध्यक्षमा मन कुमारी तितुङ्ग (तारा),उपाध्यक्षमा खगेन्द्र विष्ठ,उपाध्यक्षमा कृष्णराज श्रेष्ठ,महिला उपाध्यक्षमा निर्मला राई श्रेष्ठ,महासचिवमा राम वहादुर तामाङ्ग गोङ्वा,सचिवमा राम वहादुर राया,कोषाध्यक्षमा रुपेश श्रेष्ठ निर्विरोध निर्वाचिन हुनु भएको निर्वाचन आयुक्त विकास प्रधानले वताए ।

यसैगरी सदस्यहरुमा खुल्ला तर्फ सदस्यहरुमा अम्बिका धमला,नगेन्द्र काफ्ले,नविन श्रेष्ठ,महेन्द्र थापा ,राम तामाङ्ग,महिला तर्फबाट सुदस्यहरुमा रेजिना पालिखे,सुनिता थापा पौडेल निर्विरोध निर्वाचत भएको निर्वाचित समितिका सदस्य खगेन्द्र घिमिरेले वताए।

यस्तै गरीवस्तुगत तर्फबाट सदस्यहरुमा उज्वल कर्माचार्य,दिजेश शाक्य,देव वहादुर विश्वकर्मा र उद्योग तर्फबाट सदस्यमा भिम वहादुर खेवा लिम्बु निर्विरोध निर्वाचित हुनु भएको निर्वाचन समितिका सदस्य दिनेश पौडेलले वताए।

धनकुटा जिल्लाका सम्पूर्ण उद्योगी,व्यापारी,व्यावसायीहरुको हक हितका लागी सवैलाई एकता वद्ध गरी अगाडी बढ्दै धनकुटाको उद्योग,व्यापार, व्यावसायको प्रवद्धन र सम्वद्धन गरी धनकुटाको विकासर समृद्धीको लागी धनकुटा उद्योग बाणिज्य संघले अभियान संचालन गर्ने नव निर्वाचित अध्यक्ष विजय सन्तोषी राईले वताए।

सो अवसरमा धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमेश घिमिरे र निर्वतमान महासचिव रोशन श्रेष्ठ लगायत उद्योगी व्यापारी र व्यावसायीहरुको सहभागीता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ