arrow

शव गिद्धलाई खुवाउनेकी जलाउने ?

दाह संस्कारविरुद्ध शव गाड्ने चलन

logo
अध्यात्म विज्ञान,
प्रकाशित २०७६ फागुन १९ सोमबार
sabdafan.jpg

काठमाडौं । प्रतिवर्ष विश्वमा ५० लाखभन्दा अधिक व्यक्तिको मृत्यु हुन्छ । मृत्यु पछि अन्तिम संस्कार मुख्यरूपले दुई विधिहरुद्वारा गरिन्छ – जलाउने र शवलाई गाड्ने । मुंबईमा पारसी व्यक्तिहरुको एक सानो समुदाय, आफ्नो मृत व्यक्तिलाई 'टावर अफ साइलेन्स' मा गिद्धलाई  खानको लागि खुल्ला छोडिदिन्छ । पुरानो समयमा केहि सभ्यतामा, मृत शरीरलाई केहि लेप लगाएर ममी बनाएर सुरक्षित गरिन्थ्यो । आध्यात्मिक अनुसन्धान विधिद्वारा हामीले, दाह संस्कार अथवा शवलाई गाड्ने पद्धतिहरु लगायत पारसी समुदायको रीतिरिवाज शवलाई 'टावर अफ साइलेन्स'  मा छोडिदिने अन्तिम संस्कार पद्धतिहरुका बारेमा उल्लेख गरेका छौ ।

मृत्यु पश्चात आत्मा प्रकाशतर्फ जान्छ अथवा मृत व्यक्तिको प्रियजनहरु अर्कोतर्फ स्वागत गर्नको लागि प्रतीक्षा गरिरहेको हुन्छन् भन्ने एउटा लोकप्रिय धारणा छ । अर्को प्रचलित धारणा अनुसार हाम्रो पूर्खा जसले देहत्याग गरेको छ, उनले पृथ्वीमा हाम्रो सहायता गर्ने स्थितिमा हुन्छ । यद्यपि सत्य यो भन्दा सर्वथा भिन्न छ । हाम्रो अधिकतर पूर्खा स्वयंलाई सहायताको अत्यधिक आवश्यकता हुन्छ । उनको सहायता यदि कोहि गर्न सक्छ भने उनीहरु हुन्, पृथ्वीमा उनको वंशज । उनीतर्फ आफ्नो वंशजको ध्यान आकृष्ट गर्ने केवल एउटा मात्र मार्ग छ, उनलाई कष्ट दिने ।

अनेक प्रकारका यी कष्ट तबसम्म हुन्छन्, जबसम्म वंशज यस्तो स्थितिमा पुग्दैन कि उनीसँग साधना अतिरिक्त कुनै विकल्प बच्दैन, जसको उपयोग पूर्खाको कष्ट अलप गर्नमा होस् ।

मृतकको अन्तिम संस्कार विधि उनको सूक्ष्म-जगतमा आउने कष्ट अल्प गर्नमा योगदान गर्न सक्छ । किन प्रश्न दाह संस्कार अथवा शवलाई गाड्ने उल्लेखनीय छ ? कहिलेकाहि व्यक्ति अन्तिम संस्कारको विभिन्न विधिको लाभ एवं हानिको मूल्यांकन पर्यावरणमा पर्ने यसको प्रभावको आधारमा गर्दछ । यो एउटा मापदण्ड हो । तथापि, सबैभन्दा क्षति आध्यात्मिक वातावरणमा हुन्छ जब आध्यात्मिक रुपमा हानिकारक विधिद्वारा अन्तिम संस्कार गरिन्छ साथै यसले पूर्खाको सूक्ष्म देहलाई अझै अधिक कष्ट पुराउँछ ।

मृत्युपछि भौतिक शरीरको अवस्था तथा किन दाह संस्कार अथवा शवलाई गाड्ने प्रश्न लागू हुन्छ ?
जब कुनै व्यक्तिको मृत्यु हुन्छ, तब केवल स्थूल शरीरको त्याग हुन्छ, तर मन, बुद्धि एवं अहंकार मिलेर बनेको सूक्ष्मदेह जसमा सबै इच्छा अनि संस्कार हुन्छ, यसको अस्तित्व बनिरहन्छ । मन, बुद्धि एवं अहंकार व्यक्तिको व्यक्तित्व निर्धारित गर्दछ । स्वभावको यो गुण यस्तै नै बनिरहन्छ अनि भौतिक शरीरको मृत्युले व्यक्तिमा कुनै प्रकारको परिवर्तन आउँदैन ।

आफ्नो भौतिक शरीरको साथ आसक्तिको अवधारणा
जब व्यक्तिको मृत्यु हुन्छ, तब उनी मृत्यु पश्चातको सबै अनुभवहरुबाट अपरिचित हुन्छन् । उनको मृत्यु भईसकेको हुन्छ तर पनि उनी जुन लोकबाट आए अनि जुन शरीरलाई चिन्छन् त्यसलाई नै पकडेर राख्छन् । अन्तिम संस्कार गर्नको लागि विलम्ब हुनुको कारण शीतगृहमा पूर्णतः सुरक्षित राखिन्छ, तब मृतकको यो आसक्ति अझै अधिक बढेर जान्छ । सूक्ष्मदेह आफ्नो स्थूलशरीरको साथमा सम्बन्ध बनाइ राख्छ अनि यसलाई छोड्न तथा आगाडिको यात्रा तर्फ बढ्नमा कठिनाई अनुभव गर्छ किन कि उनी आफ्नो पहिलाको घर अर्थात् आाफ्नो स्थूल शरीर छोड्न सक्दैन् ।

मृतशरीरको वरपरको स्पन्दन, जुन नकारात्मक स्पन्दनलाई आकृष्ट गर्दछ :
मृत्युको समय मृतशरीरबाट त्याज्य (excretory) वायु बाहिर निस्कन्छ । यो त्याज्य वायु शरीरद्वारा उत्सर्जित (expel) गरिने सड्ने प्रक्रियाद्वारा निर्मित नियमित वायु हुन्छ । सडि रहेको शरीरबाट निक्लि रहेको वायुको स्पन्दन तथा तरङ्ग नकारात्मक हुन्छ । अत: यसले निकटवर्ती वातावरणमा तमोगुण बढाई दिन्छ । अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इत्यादि) यी नकारात्मक स्पन्दनतर्फ आकृष्ट भएर मृत शरीरको आसपासको वातावरणमा प्रवेश गर्छ ।

सूक्ष्म-ज्ञानमा आधारित चित्र श्रृंखला साधकद्वारा चित्रित गरिएको हो, जसको छैटौं इन्द्रिय विकसित छ, उनी मृतकको सूक्ष्म-देहको साथ मृत शरीरको आसपासको वातावरणमा भईरहेको अदृश्य गतिविधि देख्न सक्षम हुन्छ।


मृत्यको समय शरीरबाट ब्रह्माण्डमा उत्सर्जित हुने प्रक्रियाको समय अनिष्ट शक्तिले पञ्चप्राणमा नियन्त्रण गरि मृतदेहलाई आक्रमण गर्छ । अनिष्ट शक्ति मृतदेहमा धुवाँको रूपमा कालो शक्ति छोड्छ, जसले लपेटेर उनी माथि कालो आवरण बनाउँछ । यो अदृश्य धुवाँ हो तर छैटौं इन्द्रिय (अतिंद्रिय संवेदी क्षमता) द्वारा यसलाई देख्न सकिन्छ । अनिष्ट शक्तिको आक्रमणको कारण मृतदेहमा कालो तरङ्गको संक्रमण (transmission)  हुन्छ अनि मृतदेह कालो तरङ्गले आवेशित (charge)  हुन जान्छ ।

स्थूल शरीर, पञ्चप्राण अनि पञ्च-उपप्राणमा नियन्त्रण प्राप्त गरे पश्चात अनिष्ट शक्ति आफ्नो ध्यान मृत व्यक्तिको सूक्ष्मदेहमाथि नियन्त्रण प्राप्त गर्नमा केन्द्रित हुन्छ ।

एक सामान्य व्यक्तिको सूक्ष्मदेह सांसारिक इच्छाहरुले भरेको कारण पृथ्वीलोकमा नै घुमिरहन्छ । केहि दिनसम्म सूक्ष्मदेहको भौतिक शरीरको साथ आसक्तिको रूपमा तथा मृतदेहबाट वातावरणमा केहि दिनसम्म उत्सर्जित हुने प्राणशक्तिद्वारा सूक्ष्म सम्बन्ध रहन्छ । यो सूक्ष्म सम्बन्धको उपयोग गरि अनिष्ट शक्ति सूक्ष्मदेहलाई प्राप्त गर्छ। सूक्ष्मदेहतर्फ कालो शक्तिको भमरी संचारित गरि सूक्ष्मदेहलाई जालमा फसाउन प्रारम्भ गर्छ । यसप्रकार कालो शक्ति मृत पूर्खाको सूक्ष्मदेहलाई आफ्नो आक्रमण क्षेत्रमा खींच्दछ ।


 
त्यसपछि मृतकको सूक्ष्मदेहलाई कालो तरङ्गको जालमा फसाउँछ । यसले सूक्ष्मदेहको स्वतन्त्र घुमफिरमा कठिनाई उत्पन्न भएर मृत्यु पश्चात अगाडीको यात्रामा बाधा आउँछ । केही समय पश्चात अनेक अनिष्ट शक्ति आक्रमणमा सहभागी हुन्छन् अनि अधिक भमरी बनाउँदै सूक्ष्मदेहमा पूरै नियन्त्रण प्राप्त गर्छ । यसप्रकार अनिष्ट शक्ति योजनाबद्ध पद्धतिले मृत पूर्खाको स्थूल एवं सूक्ष्मदेहमा पूरै नियन्त्रण प्राप्त गर्छ ।

आध्यात्मिक दृष्टिकोणले अन्तिम संस्कारको मुख्य उद्देश्य निम्नलिखित उद्देश्य प्राप्तिको लागि हुनुपर्छ :

  • अनिष्ट शक्तिद्वारा हुने आक्रमणलाई न्यून गर्ने
  • सूक्ष्मदेहलाई स्थूलशरीरसँग आसक्ति छोड्नमा सहायता गर्ने
  • मृत्युपछि सूक्ष्मदेहलाई आगाडिको यात्राको लागि गति अनि संरक्षण प्रदान गर्ने

श्रीमती अंजली गाडगील एसएसआरएफ की साधिका हुन् जसलाई प्रगत छैटौं इन्द्रिय प्राप्त छ, उनले सूक्ष्म-ज्ञानमा आधारित चित्र सहित दिएको निम्नलिखित जानकारी उपलब्ध गराइएको छ । सूक्ष्म-ज्ञानमा आधारित यो जानकारी तथा चित्रा विश्वमन अनि विश्वबुद्धिले प्राप्त भएको छ । यसले सूक्ष्म गतिविधिहरुको सही घटनाक्रम देखाएको छ जब मृतकलाई दाह संस्कार तथा गाड्छ । त्यस समयको सूक्ष्म गतिविधिको घटनाक्रम यो चित्र अचूकतासँग दर्शाउँछ ।  'टावर अफ साइलेन्स'  को रीतिरिवाजमा पनि जानकारी प्राप्त छ ।

शरीरको दाहसंस्कार अथवा शवलाई गाड्ने

दाहसंस्कार मृतशरीरलाई जलाएर नष्ट गर्ने एउटा पद्धति हो । सबैभन्दा पहिला दाहसंस्कार शीघ्रातिशीघ्र अनि सूर्यास्त भन्दा पहिला गर्नु आवश्यक छ । यदि व्यक्तिको मृत्यु रात्रि भएको हो भने दाहसंस्कार गर्नको लागि बिहान हुने समयसम्म प्रतीक्षा गर्न सकिन्छ । दाहसंस्कारको प्रक्रियामा गति ल्याएर हामी मृतशरीरमा अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इ।) बाट हुने प्रभाव न्यून गर्न सक्छौं ।

निरीक्षण गरिएको घटनाको अनुक्रम
दाहसंस्कार अंतर्गत मूल अग्नितत्त्व को साथ विशेष मन्त्रको उच्चारणले मृतदेहको पञ्चप्राण, पञ्च-उपप्राण अनि त्याज्य वायु उत्सर्जित भएर वातावरणमा विघटित हुन जान्छ । शरीर जल्नुको कारण अग्नितत्त्व अनि मन्त्रद्वारा निर्मित सुरक्षा-कवच मृतशरीरलाई अनिष्ट शक्ति द्वारा हुने कुनै पनि प्रकारको आक्रमणबाट बचाउँछ ।

पञ्चप्राण अनि पञ्च-उपप्राणको सम्पूर्ण विघटन (disintegration) को कारण सूक्ष्मदेहको स्थूलशरीरको साथ शेष सूक्ष्म-बन्धन टूटेर जान्छ । अग्नितत्त्व अनि मन्त्र सूक्ष्म देहको रज-तम स्पन्दनलाई शुद्धि गरि सूक्ष्मदेहको सबैतर्फ संरक्षण-कवच प्रदान गर्दछ । परिणामस्वरूप रज-तम स्पन्दनले शुद्ध भएको सूक्ष्मदेह हलका अनि अधिक सात्त्विक हुन जान्छ । यसले पृथ्वीलोक भन्दा आगाडिको यात्राको लागि गति मिल्छ ।

दाहसंस्कारको विश्लेषण दर्शाउँछ कि अन्तिम संस्कारको प्रभाव हुँदा आवश्यक सबै सूत्र दाहसंस्कार मा पूरा गरिन्छ ।

  • अनिष्ट शक्तिको आक्रमण न्यून गर्ने    
  • सूक्ष्म शरीरलाई  स्थूल शरीरसँग विद्यमान सम्बन्धबाट मुक्त गर्नमा सहायक    
  • मृत्यु पश्चातको यात्राको लागि गति अनि सुरक्षा प्रदान गर्ने    

यदि मृतशरीर पूर्णतः जलेन भने उनीमाथि मान्त्रिकद्वारा आक्रमण हुने आशंका बनी रहन्छ । यो लेख पनि पढ्नुहोस्: दाहसंस्कार बाट प्राप्त खरानी छरिदिने पछि आध्यात्मिक परिप्रेक्ष्य के हो ?

दाह संस्कार अथवा शवलाई गाड्ने
शवपेटीलाई वेल्डिंग अनि रबड गास्केट (gasket) को सहायताबाट बनाउँछ । यसलाई ‘सील्ड’ पेटिका भनिन्छ । पेटीलाई यस प्रकारले बनाउँछ कि त्यसमा हावा, पानी अथवा माटो प्रवेश गर्न नसकोस् । यसले त्याज्य वायु पेटीमा बन्द हुन जान्छ । मृतदेहबाट प्रक्षेपित हुने कष्टप्रद तरङ्गबाट पेटीमा दबाव बढ्दछ अनि यसले ती तरङ्गहरुका घनीकरण (materialisation)  भएर मृतदेहको सबैतर्फ कालो आवरण निर्मित हुन्छ । यो घनीकरणले कष्टप्रद, घर्षणात्मक (frictional) अनि उष्ण (गरम)  तरङ्ग निर्मित हुन्छ । यस्तो तरङ्गले सूक्ष्म कष्टप्रद ध्वनि निर्मित भएर अनिष्ट शक्ति (भूत, प्रेत, पिशाच इ।) आकृष्ट हुन्छ ।

अनिष्ट शक्ति पेटीमा प्रवेश गरि मृतदेहको पञ्चप्राण अनि पञ्च-उपप्राणमा नियन्त्रण पाएर उनलाई कालो शक्तिले आच्छादित गरिदिन्छ । जब मृत शरीरलाई भूमिमा गाड्छ यसले पातालको कष्टप्रद स्पन्दलाई आकृष्ट गर्छ, जुन मृत देहमा कालो तरङ्गको गुम्बज (dome) बनाउँछ । पञ्चप्राण अनि पञ्चउपप्राणमा आफ्नो नियन्त्रणको उपयोग गरि अनिष्ट शक्ति सूक्ष्मदेहसम्म पुग्छ । अनिष्ट शक्तिको कालो शक्तिले पूर्णतः आच्छादित हुने कारण समय बित्दै जादा साथ-साथै सूक्ष्मदेह भारी हुँदै जान्छ । सूक्ष्मदेह बाकस (coffin)  तर्फ खिचेर त्यसमा बन्दी हुन्छ अनि अनिष्ट शक्तिहरुको आक्रमणको शिकार बन्न जान्छ ।

यसप्रकार गाड्दा सूक्ष्मदेह भूलोकमा नै बन्दी हुन जादा उनी भूत बन्ने सम्भावना दाहसंस्कार गरेको शरीर भन्दा अधिक हुन्छ । व्यक्तिद्वारा तुलनात्मक दृष्टिले एउटा सज्जनको भांति जीवन बिताउँदा पनि, मात्र गाडेको कारण, उनको इच्छा नहुँदा पनि, उनी भूत बन्न सक्ने आशंका धेरै गुना बढेर जान्छ । अन्य अनिष्ट शक्तिको प्रभावमा उनी यस्तो कृत्य गर्न विवश हुन जान्छ, जसले उनको पाप बढेर, उनलाई ब्रह्माण्डको तल्लो लोकमा धकेलि दिन्छ ।

गाड्दाको सूक्ष्म विश्लेषण दर्शाउँछ कि यो विधि अन्तिम संस्कारको प्रभावी मापदण्ड (effective criteria) पूर्ण गर्न सक्दैन ।

  • अनिष्ट शक्तिको आक्रमण न्यून गर्ने    
  • सूक्ष्म शरीरलाई स्थूल शरीरको साथ विद्यमान सम्बन्धबाट मुक्त गर्नमा सहायक    
  • मृत्यु पश्चातको यात्रा गर्नको लागि अनि सुरक्षा प्रदान गर्ने    

मृत शरीर गिद्धद्वारा खाने
पारसी समुदाय आफ्नो मृतकको शरीर नष्ट हुनको लागि 'टावर अफ साइलेन्स'  नामक स्थानमा राखि दिन्छन् । छत नहुनुको कारण यो आकाश तल खुल्ला रहन्छ । सूर्यको किरणबाट मृतशरीरको विघटन हुन्छ अनि गिद्ध इत्यादिद्वारा खाईन्छ । मृत्युको समय सूक्ष्मदेह स्थूलशरीर प्रति आसक्ति हुनुको कारण जब शरीरलाई गिद्धहरुले चीर-फाड गरिदिन्छ उनलाई अत्यधिक दु:ख लाग्दछ ।

स्थूलशरीरको उपयोग सूक्ष्मदेहमा आक्रमण नहुनको लागि, यसको लागि शीघ्राति शीघ्र पूर्णत: नष्ट हुन आवश्यक छ । केवल अग्नितत्त्व नै तुरुत यस्तो गर्न सक्छ । पञ्चप्राण अनि पञ्च-उपप्राण शरीरलाई पूर्णरूपले छोड्नमा सामान्यत: केहि दिनको समय लिन्छ । यो कालमा अनिष्ट शक्ति उनको उपयोग मृतपूर्वजको सूक्ष्मदेहलाई अधीन गर्न सक्छ । मृतशरीरलाई केहि दिनमा नै नष्ट गर्ने शक्ति न त सूर्यको किरण अथवा न गिद्धमा हुन्छ ।

आध्यात्मिक स्तरमा यसले पनि अझै अधिक हानिकारक गर्दछ । यस विधिमा गिद्धद्वारा मृतशरीरमा आक्रमण गरिनुको कारण अनेक सूक्ष्म-मान्त्रिक अनि अनिष्ट शक्ति हड्डि, मासु अनि रगतको गन्धतर्फ आकृष्ट हुन्छ । रगत अनि हड्डिको उपयोग नकारात्मक विधिद्वारा सूक्ष्मदेहमा नियन्त्रण पाउनको लागि गर्दछ । सम्पूर्ण शरीर गिद्धलाई दिदा अनिष्ट शक्ति अनि मान्त्रिक अत्यल्प समयमा उनीमा पूर्ण नियन्त्रण प्राप्त गर्दछ । मृत्यु पश्चात उनी मान्त्रिकको दास बन्ने आशंका अत्यधिक हुन्छ, जसले गर्दा उनले धेरै दु:ख भोग्नु पर्छ । यस प्रकार त्यो सूक्ष्मदेहलाई गति प्राप्त हुँदैन अनि उनी सजिलै अनिष्ट शक्तिको नियन्त्रणमा आएर पाताल लोकमा जान्छ । यसको अतिरिक्त अनेक अनिष्ट शक्ति आफ्नो मांसाहार अनि मानव रक्त पीउने तीव्र इच्छा गिद्धको माध्यमबाट पूरा गर्छ ।

रगत अनि मासुले उत्सर्जित सूक्ष्म कष्टप्रद गन्धलाई सूक्ष्म-मान्त्रिक घनीकरण गर्छ अनि नकारात्मक मन्त्रको उच्चारणद्वारा सूक्ष्मदेहलाई पुन: सूक्ष्म स्वरूप (genie like)  प्रदान गरि उनीबाट अनेक कुकृत्य गराई अन्यलाई तीव्र कष्ट दिन्छ।

गिद्धद्वारा खाँदा सूक्ष्म-विश्लेषण दर्शाउँछ कि यो प्रभावी अन्तिम संस्कार विधि गर्दा कुनै पनि मापदण्ड पूरा हुँदैन अनि शव गाड्दा भन्दा पनि अधिक हानिप्रद हुन्छ ।

अनिष्ट शक्तिको आक्रमण न्यून गर्ने    
सूक्ष्म शरीरलाई स्थूल शरीरको साथ विद्यमान सम्बन्धबाट मुक्त गर्नमा सहायक मृत्यु पश्चातको यात्रा गर्नको लागि अनि सुरक्षा प्रदान गर्ने    
 
पार्यावरण परिप्रेक्ष्य
यस्तो हेर्दा दफनपेटीमा गाडेको व्यक्तिको दफन संस्कार अथवा मृतशरीर गिद्धद्वारा खानको लागि छोड्दिने, शवपेटीमा दफन गर्ने अथवा विद्युत शवदाहगृह अथवा चितामा राखेर अन्तिम संस्कार गर्ने अपेक्षा पर्यावरणको अधिक अनुकूल लाग्न सक्छ । तर हामीले हाम्रो अन्तिम संस्कार विधि चुन्ने समय केवल पर्यावरणको परिप्रेक्ष्यले हेर्न मिल्दैन । अनिष्ट शक्तिद्वारा हुने आक्रमण पनि आध्यात्मिक दृष्टिले विचार गर्न आवश्यक छ । अन्तिम संस्कारको विधि चुन्ने समय आध्यात्मिक आयामको बेवास्ता गर्नाले अनि शरीरलाई त्यतिकै राख्दा हाम्रो मृत प्रियजन माथि अनिष्ट शक्तिको आक्रमणको सम्भावना अत्यधिक बढेर जान्छ ।

सारांश
मृत शरीर नष्ट गर्ने अन्तिम संस्कारको विधिहरु मध्ये दाहसंस्कार सबैभन्दा अधिक लाभप्रद हुन्छ । जुन व्यक्ति अपेक्षाकृत राम्रो जीवन बिताएको थियो तर मात्र एउटा अन्तिम विधिको कारण उनको मृत्यु पश्चात भूत बन्ने सम्भावना बढेर जान्छ । हाम्रो संस्कृति अनुसार गरिने अन्तिम संस्कार विधिप्रति हामी भावनाशील हुन्छौं । अतः शव दफन अथवा गिद्धलाई खुवाउने अदि विधिमा आध्यात्मिक दुष्परिणाम ध्यानमा राख्दै कुनै विशिष्ट अन्तिम संस्कारप्रति भावनाशील हुने यसप्रति विचार गर्न आवश्यक छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ