arrow

नरेन्द्र मोदीले सोसल मिडिया छोड्दै

logo
प्रकाशित २०७६ फागुन १९ सोमबार
narendra-modi1.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोसल मिडिया (सामाजिक संजाल) छाड्ने भएका छन् । उनले ट्वीटरमा ट्वीट गर्दै आगामी आइतबारसम्म सामाजिक सबै संजाल छाड्ने बारेमा सोचिरहेको बताएका हुन् । 

सोमबार राति नसोचिएको सनसनी ल्याउने क्रममा मोदीले ‘सोचिरहेको छु कि यही आइतबार फेसबुक, ट्वीटर, इन्स्टाग्राम र यु–ट्युब छोडिदिउँ । यसबारेमा तपाईलाई बताउनेछु’ लेखेका छन् । 

मोदीले सन् २००९ देखि थालेको ट्वीटरका ५ करोड ३३ लाख फलोअर छन् । त्यस्तै २००९ मै खोलेको फेसबुकमा ४ करोड ४५ लाख फलोअर्स छन् । 

इन्स्टाग्राम (सन् २०१४ मा खोलेको) ३ करोड ५२ लाख फलोअर्स छन् भने २००७ मा खोलेको युटुयुबमा ४५ लाख फलोखार्स छन् । 

प्रधानमनत्री मोदीको यो ट्वीटपछि कांग्रेस आइका नेता राहुल गान्धीले भनेका छन्, ‘सोसल मिडिया एकाउन्ट हैन घृणा छोडिदिनुस् ।’

मोदीले व्यक्तिगत भन्दा देशकै प्लेटफर्म बनाउने किसिमले व्यक्तिगत सामाजिक संजाल छाड्न थालेको विश्लेषण गरिएको छ ।

चीन, अमेरिका र रुसले आफ्नै खालको प्लेटफर्म बनाइरहँदा मोदी पनि त्यही गतिमा अगाडि बढ्न खोजेको अनुमान गरिएको हो । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ