arrow

भारतको दिल्ली र तेलङ्गनामा कोरोना भाइरस

logo
प्रकाशित २०७६ फागुन २० मंगलबार
coronavirus-molecular.jpg

काठमाडौं । भारतको राजधानी नयाँ दिल्ली र तेलङ्गनामा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । 

भारत सरकारले सोमबार कोरोना भाइरसबाट अन्य दुई जना सङ्क्रमित भएको पुष्टि गरेको हो । 

एक जना नयाँ दिल्ली र अर्को तेलङ्गनामा कोरोना सङ्क्रमित भेटिएका हुन् । दिल्ली र तेलङ्गनामा कोरोना भाइरसको पहिलो सङ्क्रमण देखिएको हो । 

भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या पाँच पुगेको छ । 

यसअघि तीन जनामा कोरोना देखिएकोमा उनीहरु उपचारपछि घर फर्किसकेका छन् । दिल्लीमा भेटिएका संक्रमित इटालीबाट फर्केको र तेलङ्गनाका संक्रमित युवक दुबाईबाट आएका थिए । 

स्वास्थ्य मन्त्री डा. हर्षवर्धनले नागरिकहरुलाई चीन, इरान, दक्षिण कोरिया, सिङ्गापुर र इटालीको यात्रा नगर्न सचेत गराएका छन् । 

अन्य देशमा पनि प्रतिवन्ध लगाउने तयारी भइरहेको उनले बताएका छन् । 

भारतका २१ एयरपोर्ट, १२ बन्दरगाह र ६५ छोटा बन्दरगाहमा यात्रुमाथि स्क्रिनिङ भइरहेको जनाइएको छ । २३ जनाको परीक्षण नमूना टेष्ट भएको छ । जसको नतिजा कुरिरहेको  पनि भारतीय स्वास्थ्य मन्त्रालयले बताएको छ र 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ