arrow

लादेन मार्न सघाउने डाक्टरले गरे जेलबाटै भोक हड्ताल

logo
प्रकाशित २०७६ फागुन २० मंगलबार
laden.jpeg

काठमाडौं । अलकायदाका संस्थापक ओसामा बिन लादेनलाई मार्न सहयोग गर्ने पाकिस्तानी डाक्टरले जेलबाटै भोक हड्ताल सुरु गरेका छन् । 

पाकिस्तानको मध्य पंजाब प्रान्तको कारागारमा जेल सजाय भोगिरहेका डा शकील अफरिदीले जेलबाटै भोड हड्ताल सुरु गरेको उनका वकिल र परिवारले बताएको छ । 

अफरिदीले सीआईएलाई ट्र्याक गर्न र लादेनलाई मार्न सहयोग पुर्याएका थिए । 

सन् २०११ मा अफरिदीले नक्कली खोप कार्यक्रम मार्फत अमेरिकी एजेन्टहरूलाई अल् कायदा नेता ट्र्याक गर्न र मार्न मद्दत गरेदेखि जेलमा छन् । 

जेलमा रहेका दाइलाई भेटेपछि डा अफरिदीका भाइ जमीलले उनी र उनका परिवारविरुद्ध भएको अन्याय र अमानवीय व्यवहार विरुद्ध भोक हड्तालमा बसेको एएफपीलाई बताए । 

डा अफरिदीका वकिल कमर नदीमले पनि भोक हड्तालको पुष्टि गरे। अफरिदीलाई सन् २०१२ को मेमा ३३ वर्षको जेल सजाय सुनाइएको थियो । 

उनलाई आतंकवादीहरुसंग सम्बन्ध राखेको आरोपमा सजाय दिइएको हो । तर उनले त्यसलाई सधै अस्वीकार गर्दै आएका छन् । 

उनको सजाय पछि १० बर्ष घटाइएको थियो। केही अमेरिकी सांसदहरूले उक्त मुद्दालाई अल कायदा प्रमुखको खोजीमा उनको सहयोगको बदलाको रूपमा लिएका छन्।

२०११ मा बिन लादेनको हत्याले पाकिस्तान र विशेष गरी यसको शक्तिशाली सेनालाई ठूलो अप्ठ्यारो पारेको थियो।

धेरै वर्षदेखि अफरिदीले आफ्नो वकिलको पहुँच पाएका थिएनन् । यही कारणले उनको जेल सजायको बिरूद्ध अपील बारम्बार ढिलाइ भएको थियो। 

उनका परिवारलाई भने सरकारका तर्फबाट पीडा दिने काम भइरहेको छ । सोही पीडाको विरुद्ध डा अफरिदी आमरण अनसन बसेका हुन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो चुनावी अभियानको क्रममा पाकिस्तानलाई अफरिदीलाई मुक्त गर्ने आदेश दिने वचन दिएका थिए । तर पदभार ग्रहण गरेपछि उनले त्यो वचन भुले । 

ट्रम्प फेरि राष्ट्रपतिको उम्मेदवार बन्दैछन् । अमेरिकाले नै लादेनलाई मारेको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ