arrow

बालबालिकालाई दादुरा–रुवेला खोप लगाईदै

logo
प्रकाश बम, 
प्रकाशित २०७६ फागुन २० मंगलबार
88347107_224317985365564_65.jpg

डोटी । डोटीमा २४ हजार ५ सय ५० बालबालिकालाई दादुरा –रुवेला सम्बन्धि खोप लगाइने भएको छ । सोमबार जिल्ला स्वास्थ कार्यलय डोटीको आयोजनामा सिलगढीमा गरिएको दादुरा रुवेला खोप सम्बन्धि पत्रकारहरुसंगको अन्तरक्रिया कार्यक्रममा जिल्ला स्वास्थ कार्यलय डोटीका प्रमुख रमेश मलाशिले  जानकारी गराएका हुन् । 

चैत्र १ गतेदेखि पहिलो चरणमा वोगटान फुड्सिल गाउँपालिका,जोरायल गाउँपालिका, वडीकेदार गाउपालिका र केआई सिँ गाउपालिका संचालन गरिने भएको छ।

त्यस्तै चैत १६ गतेदेखि दोस्रो चरणमा  दिपायल सिलगढी नगरपालिका, शिखर नगरपालिका, पुर्विचौकि गाउँपालिका, आदर्श गाउँपालिका र सायलय गाउँपालिकामा खोप लगाईने कार्यक्रम रहेको स्वास्थ पमुख मलासिले बताए ।

उक्त अभियान सफल पार्नका लागि जिल्लाका ५ सय ११ खोप केन्द्रमा  १ सय २६ स्वास्थ कर्मि र १ हजार २२ स्वयम सेवक परिचालन गरिने जनाएको छ । 

अन्तरक्रिया कार्यक्रममा बोल्दै जिल्ला अस्पताल डोटीमा कार्यरत डा जोति पाण्डेले खोप लगाएर अहिलेसम्म नेपालमा एक जना बालबालिकाको पनि मृत्यु नभएको बताउँदै ढुक्कका साथ आफ्ना बालबालिकालाई दादुरा रुवेला खोप नछुटाई लगाउन अनुरोध गरे । 

खोप नभई अन्य कारणले मृत्यु भएको भएपनि खोपका कारण भयो भनी, गलत हल्ला फैलाउने गरेको समेत पाण्डेले बताए ।

अन्तरक्रिया कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सुदुर पश्चिम प्रदेश सदस्य राम हरि ओझा र नेपाल पत्रकार महासंघ डोटीका उपाध्यक्ष धिरेन्द्र चटौतले यो अभियानलाई सफल पार्न पत्रकारहरुले सहयोग गर्ने बताए ।

डोटीमा ८ प्रतिशत बालबालिका पूर्ण खोपवाट ड्रप आउट रहेको जिल्ला स्वास्थ कार्यलय डोटीले जनाएको छ । त्यस्तै सुदुर पश्चिम प्रदेमा २ लाख ८४ हजार ७ सय ६२ जना बालबालिकालाई दादुरा रुवेला सम्बन्धि खोप लगाइने स्वास्थ निर्देशनालय राजपुरले जनाएको छ ।  

सुदुर पश्चिम प्रदेशका ९ वटा जिल्लामा चैत्र १ गते देखि ३० गते सम्म संचालनहुने उक्त अभियान ५ हजार २ सय खोप केन्द्र र ९ हजार ३ सय स्वयम सेवक समेत परिचालन गरीने जनाएको छ ।

९ महिना देखि ५ वर्ष मुनिका सबै बालबालिकालाई दादुरा रुवेला खोप लगाउन लागिएको हो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ