arrow

चर्चित गायक 'प्रिन्स'को ५७ बर्षको उमेरमा निधन

logo
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
prince.jpg.jpeg
एजेन्सी। अमेरिकन गायक, संगितकार, लेखक प्रिन्स रोजर्स नेल्सनको ५७ बर्षको उमेरमा निधन भएको छ। अमेरिकाको मिनिसोटामा बसोबास गरिरहेका प्रिन्सको निधन भएको समाचार अन्तराष्ट्रिय संचार माध्यमहरुले जनाएका छन्। 
 
गत हप्ता उनको हवाइजहाजले आकस्मिक अवतरण गरेपछि उनलाई अस्पताल भर्ना गरिएको थियो र केहि घण्टामा अस्पतालबाट घर फिर्ता भएका थिए। उनको निवासमै उनक मृत्यु भएको बाइएको छ। 
 
सन् १९७८मा पहिलो एलबम निकालेका प्रिनसका पर्पल रेन, आई वान्ना बी योर लवर, डु मी बेबी जस्ता चर्चित गीतहरु रहेका छन्। उनी गायक मात्र होईन राम्रा रचनाकार पनि रहेका छन्। उनलाई संगीतको राम्रो जानकार मानिन्थ्यो। 
दुई ग्रामी अवारड र ओस्कार जितेका प्रिन्सको निधनले संगितप्रेमीहरु मर्माहात भएका छन्। 
 
उनको निधनको पुर्ण जानकारी आउन बाँकी रहेको छ। 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ