arrow

प्रियंका र आयुष्मानका पुर्खा भारतीय, बिहे भारतीय संस्कारमै 

logo
प्रकाशित २०७६ फागुन २० मंगलबार
aayank2.jpg

काठमाडौं । कलिउडका नायक नायिका प्रियंका कार्की र नायक आयुष्मान देशराज जोशीले गत साता बिहे गरे । बिहे भने भारतीय संस्कार अनुसार गरे । 

नेपालीले भारतीय संस्कार अनुसार बिहे गर्दा आलोचनाको पनि सामना गर्नुपर्यो । 

भारतीय संस्कारको नक्कल गरेको भन्दै उनीहरुमाथि खनिएका शुभेच्छुकहरुका लागि प्रियंकाले स्पष्टिकरण नै दिनुपरेको हो ।

प्रियंकाले आफूहरु दुवैको मावलीको पुर्खा भारतीय भएको खुलाएकी छिन् । उनले आमापट्टिको पुर्खालाई सम्मान गर्न भारतीय र नेपाली संस्कार मिश्रण गरेको बताइन् । 

उनले सामाजिक संजालमा लेखेकी छिन– ‘मेरी आमा रक्षा मल्होत्रा आधा नेपाली र आधा पञ्जाबी हुनुहुन्छ । हाम्रो आमापट्टिको हजुरबा पञ्जाबी हुनुहुन्छ र हाम्रो परिवार अमृतसर र हरियाणामा छ । आयुष्मानको पनि आमाको हजुरबा पनि पञ्जाबी हुनुहुन्छ । उहाँको देशराज थर त्यतैबाट आएको हो ।’

यति भएपछि टन्टै साफ । प्रतिक्रिया आउने आइरहन्छन् । 

लामो समयदेखि प्रेममा रहेका उनीहरुले फागुन १६ गते कानुनी र १७ गते परम्परागत विवाह गरेका थिए । इन्गेजमेन्ट भने गत वर्ष नै भएको थियो । 

त्यसैगरी बिहे अगाडि ‘ब्याचलर पार्टी, मेहेन्दी र संगीत सेरेमोनी लगायत गरेका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ