arrow

आईपीएल क्रिकेट: गुजरात बिरुद्ध हैदरावाद १० विकेटले बिजयी

logo
प्रकाशित २०७३ वैशाख ९ बिहिबार
IPL_Haidrabad.jpg.jpeg
काठमाडौं। सनराईजर्स हैदरावादले गुजरात लायन्सलाई १० विकेटले पराजित गरेको छ। 
 
टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा ८ विकेटको नोक्सानीमा १३५ रन बनाएको थियो। जवाफमा ब्याटिङ गर्न ओर्लेको हैदरावादले १४.५ ओभरमा कुनै पनि विकेट नगुमाई १३७ रन बनाउँदै १० विकेटले बिजयी भएको हो। 
 
गुजरातकालागि कप्तान सुरेश रैनाले ७५ रन बनाएका थिए भने ब्रेण्डन मकलमले १८ रनको योगदान दिएका थिए। हैदरावादका भुवनेश्वर कुमारले ४ विकेट लिएका थिए। 
 
आफ्नो टोलीलाई बिजय गराउने क्रममा हैदरावादका कप्तान डेविड वार्नरले ७४* र शिखर धवनले ५३* रन बनाएका थिए।  खेलका प्लेयर अफ द म्याच भुवनेश्वर कुमार घोषित भए। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ