arrow

चार करोडको सुनसहित रातोमाटेबाट भारतीय पक्राउ

logo
प्रकाशित २०७६ फागुन २० मंगलबार
gold-pure1.jpeg

हेटौँडा । त्रिभुवन राजपथको हेटौँडा–वीरगञ्ज सडकखण्डको रातोमाटेमा मंगलबार बिहान ४:३० बजे प्रहरीले छ किलो सुनसहित एक भारतीयलाई पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले  पत्रकार सम्मेलन गरी सुनको अवैध कारोवार गर्ने भारत कर्नाट बस्ने ४२ वर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ गरिएको प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले बताए । सुन कूल छ किलो २८९ ग्राम  ३५० मिलीग्राम रहेको जनाइएको छ ।

काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको यात्रुबाहक रात्रि बसमा जाँच गर्दा बसमा सवार अब्दुलले बोकेको कालो झोलामा मोटर पाट्र्सभित्र जडान हुने फलामको बेरिङजस्तो देखिने चार थान, फलामको पास्ताको बेरिङ दुई थान र फलामको मिट बेरिङ दुई थान पार्टभित्र लुकाइछिपाइ ल्याएको अवस्थाका पक्राउ गरिएको हो ।

 बरामद गरिएको सुनको आजको मूल्य करिब रु चार करोड २७ लाख, ५८ हजार ७७४ छ । थप अनुसन्धान गर्न राजश्व अनुसन्धान कार्यालय पथलैया बारा पठाइएको प्रहरीले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ