arrow

प्रचण्डद्वारा ओलीको स्वास्थ्यलाभको कामना

logo
प्रकाशित २०७६ फागुन २० मंगलबार
prachanda_niras.jpg

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्  ।

अध्यक्ष दाहालले प्रधानमन्त्रीको मिर्गौला प्रत्यारोपणको सफलताको पनि कामना गरेका हुन्। दाहालले ट्वीट गर्दै लेखेका छन्, 'हाम्रो पार्टीका अध्यक्ष एवम् सम्माननीय प्रधानमन्त्री कमरेड केपी शर्मा ओली मिर्गौला प्रत्यारोपणका लागि यही २०७६ फागुन १९ गते शिक्षण अस्पताल, महाराजगन्जमा भर्ना हुनुभएको छ । उहाँकाे दोश्रो पटक हुन लागेको मिर्गौला प्रत्यारोपणको सफलताका साथै शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु ।'

प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणका लागि सोमबार शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका छन् । उनको बुधबार दोश्रो पटक मिर्गौला प्रत्यारोपण गरिँदै छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ