arrow

इरानमा कोरोनाबाट ७७ जनाको मृत्यु

logo
प्रकाशित २०७६ फागुन २० मंगलबार
corona-patien1.jpg

इरान । कोरोना भाइरस (कोभिड–१९)को कारण इरानमा पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले मङ्गलबार जानकारी दिएको छ । पछिल्लो तथ्याङ्कसँगै इरानमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ७७ पुगेको मन्त्रालयले बताएको छ ।

प्राप्त समाचार अनुसार इरानका २३ जना सांसदलाई कोरोना भाइरस सङ्क्रमणको पुष्टि भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।

इरानमा कूल दुई हजार ३३६ व्यक्तिमा सङ्क्रमण पुष्टि भएको र विगत २४ घण्टामा ८३५ नयाँ सङ्क्रमित व्यक्ति भेटिएको इरानी स्वास्थ्य अधिकारीहरूले बताए । इरानमा एकै दिन कोरोना भाइरसका कारण यति धेरै सङ्क्रमित भेटिएको यो पहिलो दिन हो । इस्लामिक गणतन्त्रमा दुई हप्ता पहिले पहिलो घातक यस भाइरसको सङ्क्रमण पुष्टि भएपछि नियन्त्रणका लागि आन्तरिक स्रोत र साधनको अधिकतम प्रयोग गरी काम भइरहेको इरानी उप–स्वास्थ्यमन्त्री अलिरेजा राइसीले राज्य सञ्चालित टेलिभिजनबाट प्रशारित प्रतिक्रियामा बताए ।

उनले भने, “पछिल्लो २४ घण्टामा थप ८३५ जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ र योसँगै इरानमा सङ्क्रमितको सङ्ख्या दुई हजार ३३६ पुगेका छ । घातक यो भाइरस सङ्क्रमणका कारण ७७ जनाको मृत्यु भएको छ ।”

नयाँ भाइरसको सङ्क्रमणको केन्द्र मानिएको मूख्यभूमि चीन र खासगरी हुबेई प्रान्तको वुहानमा गरी मङ्गलबारसम्म दुई हजार ९०० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने सङ्क्रमणबाट चीनबाहिर सबैभन्दा बढी व्यक्तिको इरानमा मृत्यु भएको विश्वस्वास्थ्य संगठनले जनाएको छ । विश्वभर यस भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको आधिकारिक सङ्ख्या तीन हजार ११६ व्यक्तिको मृत्युभइसकेको छ ।

सङ्क्रमणको प्रभाव विश्वका ७६ मुलुकमा देखिएपनि चीन, दक्षिण कोरिया, इटली, इरान र जापानमा मृत्यु हुनेको सङ्ख्या अन्य मुलुकको तुलनामा बढी रहेको छ ।

यसैबीच इरानका सर्वोच्च नेता आयातोल्ला अलि खामेनीले सबै नागरिकलाई कोरोना भाइरसबाट बच्न व्यक्तिगत सरसफाई लगायत रोकथामका अन्य उपायलाई अवलम्वन गर्न आग्रह गरेका छन् ।
उनले भने,  “सबै नागरिकले रोकथामका उपाय र नियन्त्रणका लागि स्वास्थ्यकर्मीले दिएको निर्देशनलाई पढ्न, सिकाउन र पालना गर्न आवश्यक छ ।”

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ