arrow

कोरोनाका कारण नेपाल घुमेर फर्केकाको मृत्यु 

logo
प्रकाशित २०७६ फागुन २१ बुधबार
coronavirus-molecular.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण नेपाल निकै जोखिम स्थितिमा रहेको छ । यसको प्रमाण हो नेपाल घुमेर फर्केका स्पेनी नागरिकको मृत्यु ।

उनको मृत्यु कोरोना भइरसकै कारण भएको र उनी नेपालबाट फर्केका नागरिक भएको उल्लेख छ । 

स्पेनको भ्यालेन्सिया अस्पतालका स्वास्थ्यकर्मीले गत फेब्रुअरी १३ मा मृत्यु भएका ती व्यक्तिको मृत्युको कारण कोरोनाभाइरस रहेको पुष्टि गरेका छन् ।

सुरुआतमा उनलाई निमोनिया भनिए पनि पछि भने कोरोनाकै कारण मृत्यु भएको बताइएको छ । 

स्पेनमा कोरोनाका कारण ती व्यक्तिको मात्र मृत्यु भएको छ । 

नेपालभित्र भने एकजनामा मात्र कोरोनाको संक्रमण देखिएको छ । उनी निको समेत भइसकेका छन् । 

तर अस्पतालसम्म नपुगेकाहरु धेरै संक्रमित भएको आशंका भने यद्यपि छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ