arrow

कोरोना त्रासः इरानमा ५४ हजार कैदी रिहा

logo
प्रकाशित २०७६ फागुन २१ बुधबार
corona-patient.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को त्रास अहिले विश्वका कुनै पनि त्रास भन्दा खतरनाक बनेको छ । यही कोरोनाको संक्रमणलाई ध्यानमा राखेर इरान सरकारले डरलाग्दो निर्णय गरेको छ । 

त्यो हो जेलका ५४ हजार कैदीबन्दीलाई अस्थायी रुपमा रिहा गरिनु । 

इरानका जेलहरु भरिभराउ रहेकाले त्यहाँको सरकारले सम्भावित जोखिमलाई ध्यान दिदैं उनीहरूलाई रिहा गरेको हो ।

उनीहरुलाई कोरोना भाइरसको परीक्षण गरी रिहा गरिएको जनाइएको छ । बीबीसीका अनुसार इरानमा हालसम्म कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या ७७ पुगिसकेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ