arrow

भारतको कर्नाटकमा कोरोना भाइरस, ६ संक्रमित भेटिए

logo
प्रकाशित २०७६ फागुन २१ बुधबार
philippines-coronavirus-death.jpg

काठमाडौं । भारतको कर्नाटकमा कोरोना भाइरस (कोभिड–१९) का संक्रमित भेटिएका छन् । कर्नाटक स्वास्थ्य मन्त्रालयले बुधबार कोरोना भाइरसबाट छ जना सङ्क्रमित भएको पुष्टि गरेको छ ।  मंगलबार कर्नाटक स्वास्थ्य मन्त्रालयले एक आपतकालीन बैठक बोलाएको थियो । कोरोना भाइरस संक्रमितले तेलेगुबाट बेगंलरु यात्रा गरेका गरेका थिए ।

यसअघि भारतको राजधानी नयाँ दिल्ली र तेलङ्गनामा कोरोना भाइरसका संक्रमित भेटिएका थिए । भारतलगायत विश्वभरका ७० मुलुकमा प्राण घातक कोरोना भाइरस भेटिएको छ ।

योसँगै भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या अठाइस पुगेको छ । यसअघि तीन जनामा कोरोना देखिएकोमा उनीहरु उपचारपछि घर फर्किसकेका छन् । दिल्लीमा भेटिएका संक्रमित इटालीबाट फर्केको र तेलङ्गनाका संक्रमित युवक दुबाईबाट आएका थिए । भारत सरकारले विश्वव्यापी हजारौंको ज्यान लिने महामारीकोविरूद्ध लड्न कोशिस गरिरहेको छ।

कोरोना भाइरस सङ्क्रमणका कारण विश्वभरि मृत्यु हुने मानिसको सङ्ख्या ३ हजार १०० नाघेको मङ्गलबार जनाइएको छ । गत डिसेम्बर महिनाको अन्त्यबाट चीनको हुबेई प्रान्तको उहान शहरबाट फैलिएको यस भाइरसको सङ्क्रमण हाल ७० भन्दा बढी देशमा फैलिएको छ ।

यस भाइरसका कारण विश्वभरी कम्तीमा ९० हजार जनामा सङ्क्रमण भएको पुष्टि भएको छ । उता संयुक्त राज्य अमेरिकामा कोरोना भाइरसबाट ६ जना भन्दा बढिको मृत्यु भएको छ ।  यस प्राणघातक कोरोना भाइरसको सङ्क्रमण विश्वका विभिन्न देशमा फैलिइरहेका बेला अमेरिकामा पनि छ जनाको ज्यान गएको अधिकारीहरूको भनाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ