arrow

कोरोनाको शंका लागे युएइ सरकारको स्वास्थ्य विभागमा सम्पर्क गर्न नेपाली दुतावासको अनुरोध

'यूएईस्थित नेपाली दुतावासले निकाल्यो कोरोना भाइरसबारे अनुरोध'

logo
सचिन्द्र श्रेष्ठ,
प्रकाशित २०७६ फागुन २१ बुधबार
corona-uae.jpg

दुबई । चीनबाट शुरु भएको कोरोना भाइरसको बढ्दो त्रास अहिले विश्वभरी नै छ । चीनपछि दक्षिण कोरिया, अमेरिका, जापान, यूरोप लगायत ८० भन्दा बढी देशमा कोरोनाको संक्रमण फैलिसकेको छ ।

यही रोग बारे यूएई स्थित नेपाली दुताबासले यूएईमा बस्ने संपूर्ण नेपालीलाई सतर्क रहन आग्रह गरेको छ। घरमा फर्केपछि घर बाहिर वा अलग कोठामा कपडा फेरेर तथा साबुनपानीले हात धुने, काम नपरेसम्म भिडभाड हुने सार्वजनिक ठाउँमा नजाने, जानै परेमा मास्क, ह्याण्ड स्यानिटाइजर आदिको प्रयोग गर्ने  संक्रमण फैलिएको देश को भ्रमण नगर्ने,भोज भतेर ,सभा देखि टाढा रहने आदि अपनाउन भनेको छ ।

साथै दुताबसले यस रोगको संक्रमण नेपाली समुदायमा देखिएमा शंका लागेको थाहा भए युएइ सरकारको स्वास्थ्य विभागमा सम्पर्क गर्न समेत दुताबसले अनुरोध गरेको छ।  कोरोनाका कारण ३ हजार १ सय ३७ जनाको मृत्यु भइसकेको छ । कोरोना संक्रमणबाट दक्षिण कोरियामा ३४, इरानमा ७७ र इटलीमा ५२ जनाको मृत्यु भएको छ भने विश्वभर कोभिड–१९ कोरोना संक्रमितको संख्या ९२ हजारभन्दा बढी रहेको छ।

नोबल कोरोनाभाइरससम्बन्धी सूचना

संयुक्त अरब इमिरेट्स (युएइ) को Ministry of Health and Prevention (MOHAM) का अनुसार युएइमा कोरोना भाइरस संक्रमणका केही केसहरू पाइएका छन् । सुरुमा युएनमा रहेका एक चिनियाँ नागरिकको परिवारका चार सदस्यमा देखिएको सक्रमण पछिल्लो समयमा चार इरानी र एक बहराइनी नागरिकहरूमा पनि देखा परेको बुझिएको छ । युएइ सरकारले कोरोना भाइरस संक्रमण फैलिन नदिनका लागि विध स्वास्थ्य संगठनको guidelines बमोजिमका प्रभावकारी अनुगमन संयन्त्र कार्यान्वयनमा ल्याएको देखिन्छ ।

साथै यसको रोकथामका लागि युएइ सरकारले अन्य उपायहरू पनि अवलम्बन गरेको देखिन्छ । यस सन्दर्भमा तपसिलबमोजिमको सतर्कता अपनाउनुहन युएलमा रहेका सबै नेपाली नागरिकहरुलाई राजदूतावास अनुरोध गर्दछ ।

  • सजीव तथा मृत जनावारबाट टाढा बस्ने.
  • रुघाखोकी र ज्वरो आएका व्यक्तिबाट टाढा रहने,
  • बेलाबेलामा साबुनपानीले हात घोइराखे,
  • Hand anitirer प्रयोग गर्ने,
  • खोक्दा र हाक्यूँ गर्दा रुमालले नाकमुख छोप्ने,
  • रुघाखोकी र ज्वरो आएको भए लामो यात्रा नगर्ने,
  • सार्वजनिक स्थानमा जाँदा मास्क लगाउने,
  • स्थाजन्य संक्रमण भएमा नजिकको स्वास्थ्य केन्द्रमा सम्पर्क गर्ने,
  • कोरोना भाइरस अति प्रभावित मुलुकहरूमा सकेसम्म भ्रमण नगर्ने ।


यसका साथै कोरोनाभाइरस सम्बन्धमा जनचेतना जगाउने उद्देश्यले युएइको Ministry of Health and Prevention (MOHAD) ले अंग्रेजी भाषामा तयार पारेको यो रोग के हो, कसरी सर्दछ, लक्षणहरू के हुन्, उपचार के छ, रोकथामका उपायहरू के हुनलगायतका विषयवस्तु समावेश भएको guidelines यसैसाथ संलग्न गरिएको छ । उक्त guidelines मा उल्लिखित सावधानीहरू पनि अपनाउनुहुनसबैमा अनुरोध गरिन्छ ।

यस परिस्थितिमा अत्यावश्यक अवस्थामा बाहेक भीडभाडयुक्त स्थानहरूमा जाने, विभिन्न किसिमका कार्यक्रम एवं जमघटहरू आयोजना गर्ने तथा सहभागिता जनाउनेलगायतका कार्यहरू सकेसम्म नगर्न राजदूतावास अनुरोध गर्दछ । युएइमा बसोबास गर्ने कुनै पनि नेपाली नागरिक कोरोनाभाइरसबाट संक्रमित भएको जानकारी हालसम्म यस राजदूतावासमा प्राप्त भएको छैन । यस कोरोनाभाइरसको संक्रमणका लक्षणहरू देखिएमा, आशंका भएमा युएइ सरकारको स्वास्थ्य विभागको 'Estjabe Service (८००१७१७), Ministry of Health and Prevention (MOHAN) को ८००१११११, Dubal Health Authority को ८००३४२ मा सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ । साथै, युएइस्थित नेपाली समुदायका व्यक्तिहरू संक्रमित भएको देखिएमा राजदूतावासको सम्पर्क नं ०२६३४४ मा जानकारी गराउनुहुनसमेत अनुरोध गरिन्छ ।
नेपाली राजदूतावास
अबुधाबी ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ