arrow

राजीनामाको भोलिपल्ट मन्त्री बने खतिवडा

logo
प्रकाशित २०७६ फागुन २१ बुधबार
khatiwada-oth.jpg

काठमाडौं । मंगलबार अर्थ एवं सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका डा युवराज खतिवडाले बुधबार अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पद तथा  गोपनीयताको शपथ खाएका छन् ।  

राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रपति भवन शीतलनिवासमा आयोजित समारोहमा  नवनियुक्त अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री डा युवराज खतिवडालाई  पद तथा  गोपनीयताको शपथ खुवाएकी हुन् ।

शपथ कार्यक्रममा उपराष्ट्रपति  नन्दबहादुर पुन, प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटा र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना लगायतका बिशिष्ठ व्यक्तिहरुको उपस्थिति थियो ।

अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले मंगलबार मात्र पदबाट राजीनामा दिएका थिए । मंगलबार राष्ट्रियसभा सदस्य पदको कार्यकाल सकिन लागेका खतिवडाले अर्थमन्त्री पदबाट राजीनामा दिएका थिए ।

राष्ट्रियसभा सदस्य मध्ये दुई वर्षे कार्यकाल पूरा गरेका १९ जनाको पदावधि मंगलबार मध्यराती सकिनु अघि नै उनले राजीनामा दिएका थिए । सेक्युरिटी प्रेस खरिदमा ७० करोड कमिशनको मोलमलाइ गरेको अडियो सार्वजनिक भएपछि तत्कालीन सञ्चारमन्त्री गोकुल बाँस्कोटाले राजीनामा दिएका थिए । अर्थमन्‍त्री खतिवडालेपछि सञ्चार मन्त्रालयको जिम्मेवारीसमेत सम्हालेका थिए ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभा सदस्य बनाउने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले अस्विकार गर्दै  खतिवडालाई नै राष्ट्रियसभामा मनोनित गरेका थिए । मनोनित भएसँगै खतिवडा पुन:  अर्थमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री बनेका हुन् ।

खतिवडालाई नै मन्त्री बनाउन चाहेका प्रधानमन्त्री भने पद तथा  गोपनीयताको शपथमा उपस्थित हुन सकेनन् । बुधबारै प्रधानमन्त्रीको मिर्गौला प्रत्यारो गरिएको छ । हाल उनको स्वास्थ्य स्थिर अवस्थामा रहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ