arrow

झापामा अन्तर्राष्ट्रिय वुद्धिचाल सुरु

logo
प्रकाशित २०७६ फागुन २१ बुधबार
chess-game.jpg

काकरभिट्टा । नाइट चेस क्लवको आयोजनामा पि.वि. थापा मेमोरियल अन्तर्राष्ट्रिय वुद्धिचाल प्रतियोगिता काकरभिट्टामा सुरु भएको छ ।

वुधवार  सम्पन्न पहिलो र दोस्रो चरणको खेलमा नेपालका शिर्षस्थ खेलाडीहरु पुर्व नेपाल च्याम्पियन सुरविर लामा ,नविन तण्डुकार ,  सुमित पन्त , प्रकाश नेपाल ,हरिचन्द्र चम्लागाई र सुमन श्रेष्ठले दुवै खेलमा सफलता हात पार्दै २ अकं जोड्न सफल भएका छन । त्यसैगरि भारतका हरिश शर्मा , अनिक दाश , आकाश तिवारी , हिल्लाल मण्डल ,स्मार्ट घोराईले पनि समान २ अकं नै जोडेका छन ।

पशुपति इङ्गलिस वोर्डिङ्ग स्कुलको मुख्य प्रायोजनमा भएको प्रतियोगितामा नेपालका ज्वाला लिम्वु, महेन्द्र कुमार साम्वाहाम्फे , इन्द्र कुमार सिग्धेल , सुमन श्रेष्ठ , भारतका दिब्या तेजा, दिशव निशाद र किरण राईले पनि दुवै खेलमा जीत हासिल गरि २ अकं नै जोडेका छन ।

यस अघि  नाइट चेस क्लवका अध्यक्ष राजु कार्कीको सभापतित्वमा प्रतियोगिताको उदघाट्न प्रदेश नं. १ का प्रदेश शासंद श्री प्रसाद मैनाली गरेका थिए भने खेलको सुरुआत नाइट चेस क्लवका पुर्व अध्यक्ष वालाजित राई र वर्तमान अध्यक्ष राजु कार्कीले गरेका थिए । यही फागुन २४ गते सम्म संचालन हुने प्रतियोगितामा नेपाल भारत र वङ्गला देशका गरि जम्मा १३२ जना खेलाडीहरुको सहभागिता रहेको छ भने यस प्रतियोगिताको कुल नगर पुरस्कार २ लाख ४६ लाख रहेको छ ।

३८ जना खेलाडीलाई नगद पुरस्कार ब्यवस्था गरिएको प्रतियोगितामा विजेताले ६० हजार , उप विजेताले ४० हजार र तेस्रोले २५ हजार नगर प्राप्त गर्नेछन ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ