arrow

एल एण्ड टी ब्राण्डका गुणस्तरीय स्वीच तथा स्वीच गियर नेपाली बजारमा

logo
प्रकाशित २०७६ फागुन २१ बुधबार
lt-electronic.jpg

काठमाडौं। क्षमादेवी ग्रुपले एल एण्ड टी ब्राण्डका गुणस्तरीय स्वीच तथा स्वीच गियर नेपालमा भित्र्याएको छ। नेपालका लागि आधिकारिक विक्रेता नियुक्त भएसंगै क्षमादेवी ग्रुपले एल एण्डटी ब्राण्डका मोडुलर स्वीच र स्वीच गेयरहरु नेपाली बजारमा ल्याएको हो। काठमाडौंको सोल्टी क्राउन प्लाजामा सोमबार डिलर मिट कार्यक्रमको आयोजना गरी भारतमा उत्पादन भएको उक्त मोडुलर स्वीच तथा स्वीच गेयर सार्वजनिक गरेको बिज्ञप्ती मार्फत जनाएको छ।

कार्यक्रममा क्षमादेवी ग्रुपका प्रमुख होमबहादुर बस्नेतले थप बजारको आवश्यकता र मागलाई सम्बोधन गर्न गुणस्तरीय विद्युतीय सामग्री पुर्यातउने उद्धेश्यले बहुराष्ट्रिय कम्पनी एल एण्डटी ब्राण्डका मोडुलर स्वीच तथा स्वीच गेयरहरु बजारमा ल्याएको बताए । कम्पनीको मुख्य लक्ष्य गुणस्तरीय सामानहरुको बिक्री वितरण गर्नु रहेको उनले बताए।

त्यस्तै नेपाल विद्यतीय व्यवसायी महासंघका अध्यक्ष सुर्दशनप्रसाद पौड्यालले ‘गुणस्तरीय सामानको आयात, निर्यात र बिक्री वितरण गरौं’ भन्ने महासंघको नारामा मिल्ने गरी प्रोडक्ट बजारमा ल्याएकोमा शुभकामना दिए। एल एण्ड टी ब्राण्डका स्वीच तथा स्वीच गियरहरु विभिन्न रङ तथा फरक मूल्यमा बजारमा उपलब्ध गराएको कम्पनीले जनाएको छ।

३ लाख पटक अन अफ गर्न सकिने यस स्वीचमा कम्पनीले १२ वर्षको ग्यारेन्टी दिएको छ। स्वीच आधुनिक मोडल, प्रविधिमैत्री र ब्याक्टेरिया फ्री रहेकाले विशेष गरी अस्पताल, ठुला परियोजना तथा होटेल र रेष्टुरेन्टमा प्रयोग हुने कम्पनीको दावी रहेको छ।

क्षमादेवी ग्रुपले विगत १० वर्षदेखि नेपाली विद्युतीय बजारमा गुणस्तरीय विद्युतीय तथा बिल्डिङ सामग्रीहरु बिक्रि वितरण गरिरहेको छ। यस ग्रुपले झ्याल ढोका, आल्मुनियमको रंगीन जस्तापात, टायल मार्बल, ग्रीनाईट, डन्डी, सिमेन्ट एउटै छानामुनीबाट प्रदान गर्दै आएको बताएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ