arrow

दार्चुलामा कोरोना संक्रमित नभएको जिल्ला अस्पतालको पुष्टि

logo
प्रकाशित २०७६ फागुन २१ बुधबार
darchula-hospital1.jpg

दार्चुला । दार्चुलामा कुनै पनि व्याक्ति कोरोना भाइरसबाट संक्रमित नभएको जिल्ला अस्पताल दार्चुलाले जनाएको छ । भारतीय केही अनलाइनहरुमा दार्चुलामा कोरोना संक्रमित व्यक्ति भेटिएको भन्ने समाचारमा कुनै सत्यता नभएको जिल्ला अस्पतालका एमडिजीपी डा. दिपेश मंगल जोशीले जानकारी दिए ।

 एक भारतीय अनलाईन मिडियाले दार्चुलाका एक युवामा कोरोनाको लक्ष्यण देखिएको भन्ने समाचार प्रकाशित गरेपछि नागरिक स्तरमा त्रास फैलिएको छ । साथै सोही अनलाइनले संक्रमितलाई काठमाण्डौ रिफर गरिएको समाचार संप्रेषण गरेको भए पनि उक्त विरामी सामान्य उपचार पछि घर फर्किएको जोशीको भनाइ छ ।

व्याँस गाउँपालिकाका २० वर्षीय रमेश सिंह  धामीमा कोरोनाको कुनै पनि लक्ष्ण नदेखिएको पाइएको छ । उनलाई लामो समय देखी सामान्य ज्वरो आएको तथा पिसाबमा संक्रमण भएको पाइएको डा जोशीले बताए । यस्तै रगतमा हेमोग्लोविनको मात्रा १० ग्राम रहेको छ । केही थप स्वास्थ्य समस्या देखीएकाले स्वास्थ्य संस्थामा आउन विरामीलाई सल्लाह दिएको समेत उनले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ