arrow

चीनले भन्यो –कोरोना चीनमा पैदा भएको हैन 

logo
प्रकाशित २०७६ फागुन २१ बुधबार
corona-xi.jpg

काठमाडौं । चीनको वुहानबाट गत डिसेम्बरके अन्तिमबाट विश्वभर नोवल कोरोना भाइरस (कोभिड–१९) फैलिए पनि चीनले भने यसलाई मानेको छैन । 

चीनले अहिलेसम्म चीनमै कोरोना भाइरस पैदा भएको हो भन्ने स्वीकार नगरेको हो । उसले भनेको छ –अहिलेसम्म कुनै प्रमाण भेटिएको छैन, कोरोना चीनमा पैदा भएको हैन ।

चीनमै कोरोनाको पहिलो संक्रमित फेला परेका थिए । तर चीनले भने अहिलेसम्म कुनै प्रमाण नभेटिएको बताएको छ । 

चिनियाँ विदेश मन्त्रालयका प्रवक्ताले एक सम्मेलनमा भने, ‘मिडियाको एक तहले कोरोना भाइरस चीनबाट फैलिएको भनिरहेको छ तर यो गैरजिम्मेवारपन हो । हामी यसको कडा विरोध गर्छौं । हामीले भाइरसको उत्पत्ति कहाँबाट भयो भनी पत्ता लगाउँदै छौं ।’

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरस एक वैश्विक स्वास्थ्य आपद भएको बताएको छ र तर यसको सुरुआत कहाँबाट भयो भन्ने अझै बताउन सकेको छैन ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ