arrow

कोरोना भाइरसः भारतद्धारा औषधि निर्यातमा नियन्त्रण 

logo
प्रकाशित २०७६ फागुन २२ बिहिबार
medicine1-1.jpeg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणले विश्वलाई अत्याइरहेका बेलामा भारतले आफ्नै देशमा अभाव नहोस् भन्नका लागि दुई दर्जन भन्दा बढी प्रकारका औषधिको निर्यातमा नियन्त्रण गर्ने घोषणा गरेको छ ।

भारतले औषधि निर्माणमा प्रयोग हुने २६ थरी सामग्री अनि तिनबाट बन्ने औषधिको निर्यातमा नियन्त्रण गर्ने बताएको हो । 

जनेरिक औषधिको सबभन्दा ठूलो आपूर्तिकर्ता भारतले औषधि निर्यातमा नियन्त्रण गर्ने बताएपछि त्यसले संसारभरि औषधि अभाव हुने त्रास बढेको छ।

भारतले नियन्त्रण गर्ने घोषणा गरेका औषधिमा प्यारासिटामोल पनि पर्छ। यो औषधि शरीरको दुखाइ कम गर्न विश्वभरि सबभन्दा धेरै प्रयोग गरिने औषधि हो।

भारतका औषधि निर्माताहरू ७० प्रतिशत कच्चा पदार्थका निम्ति चीनमा निर्भर छन्। औषधि उद्योगका विज्ञहरूले प्रकोप जारी रहे तिनले अभाव झेल्नुपर्ने चेतावनी दिइसकेका थिए।

अहिलेसम्म चीनसहित ८१ वटा देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । 

नब्बे हजारभन्दा बढी व्यक्ति संक्रमित रहेका छन् भने ३ हजार २ सय भन्दा बढीको ज्यान गइसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ