arrow

नेपालमा कोरोना भाइरस, यस्तो छ तथ्याङ्क

logo
प्रकाशित २०७६ फागुन २२ बिहिबार
corona-virus.jpg

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को सचेतना नेपालमा ढिला गरी अपनाउन थालिएको छ । विश्व स्वास्थ्य संगठनले चेतावनी दिएपछि मात्र नेपाल सरकार तातेको हो । 

भ्रमण वर्ष २०२० कार्यक्रम स्थगित भएको छ भने विभिन्न अन्तर्राष्ट्रिय सभा सम्मेलन पनि स्थगित भएका छन् । सरकारले भीड नगर्न आग्रह गरेको छ । 

पार्टीहरुले समेत आफ्ना कार्यक्रम स्थगित गरेका छन् । विद्यालयलाई परीक्षा चैत ५ भित्रै सकाउन आग्रह गरेको छ । 

यस्तो लाग्छ कि आर्थिक, सामाजिक स्थिति ठप्प हुँदैछ । 

के छ कोरोनाको नेपालमा अवस्था ? 
नेपालमा अहिलेसम्म २३ जनाको कोरोना परीक्षण गरिएको छ । एक जनालाई संक्रमण भएको छ । उनी ठीक भइसकेका छन् । 

२२ जनामा भने संक्रमण नदेखिएको चिकित्सकले बताएका छन् । चार जनाको परीक्षण भइरहेको छ । उनीहरुको बिहीबार साँझसम्ममा रिपोर्ट आउने डा अनु बास्तोलाले बताए । 

चीनबाट ल्याइएका १७५ विद्यार्थी र चालकदलसंगै चिकित्सकको १८ जनाको टोलीलाई १४ दिन क्वारेन्टाइनमा राखिए पनि उनीहरुमा कुनै संक्रमण देखिएन । 

अहिलेसम्म विश्वमा चीनसहित ८१ वटा देशमा कोरोना भाइरसको सङ्क्रमण फैलिएको छ । 

नब्बे हजारभन्दा बढी व्यक्ति संक्रमित रहेका छन् भने ३ हजार २ सय भन्दा बढीको ज्यान गइसकेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ