arrow

लागुपदार्थ बेचेको पैसा आतंकवादमा, घेराबन्दीमा पारिएको भारतको भनाई

नेपालमा गाँजा छुट भए के होला यसको कमाई?

logo
प्रकाशित २०७६ फागुन २२ बिहिबार
india-flag.jpeg

काठमाडौं । लागुपदार्थ बेचेर बचेको रकम पाकिस्तानी आतंकवादमा खर्च हुने गरेको खुलासा भएको छ । 

४३ प्रतिशत भन्दा बढी अफगानी लागुपदार्थ पाकिस्तानबाट तस्करी हुँदै जाने गरेको र यसको प्रत्यक्ष असर भारतलाई परेको भारतले बताएको छ । 

एक अनुसन्धानका अनुसार भारतको पंजाब प्रान्त र नेपालबाट उक्त लागुपदार्थ भारतमा गइरहेको छ । भारतमै दैनिक करोडौंको कारोवार भइरहेको लागुपदार्थबाट भएको आम्दानी पाकिस्तानी आतंकवादी गतिविधीमा खर्च हुने र त्यो आतंक फेरि भारतमै पाकिस्तानी आतंकवादीहरुले फैलाउँदै आएको पनि भारतीय पक्षको दावी छ । ठूलाठूला आतंकका गतिविधिहरु गर्नका लागि यो रकम खर्च गरिने जनाइएको छ । 

फाइनान्सियल एक्शन टास्क फोर्सले आतंक वित्त पोषण र मुद्रा अपचलन रोक्न नसकेकोमा पाकिस्तानलाई खैरो सूचीमा राखेको छ । र पनि त्यसलाई सुधार गर्न पाकिस्तान सरकार तयार देखिएको छैन । 

लागुपदार्थको तस्करी र आतंकवाद विश्वव्यापी अपराधको दुई फरक पाटो देखिए पनि जुनबीच सहजीवन सम्बन्ध रहेको समेत बताइन्छ । 

आतंकवादमा लागेकाहरु आर्थिक संकलनका लागि लागुपदार्थको तस्करीमा लाग्ने र त्यही आम्दानी ठूला आतंकवादी योजनामा लगाउने गर्दछन् । नेपालकै सशस्त्र द्वन्दमा पनि यो देखिएको थियो।

संयुक्त राष्ट्र संघीय लागुऔषध तथा अपराध कार्यालय (यूएनओडीसी) लगायतका विभिन्न प्रहरी टोलीका अनुसार पाकिस्तानले लागुपदार्थ वितरणको प्रमुख केन्द्रको रुपमा काम गर्ने गर्दछ । 

उक्त तथ्यांक अनुसार विश्वको ६८ बिलियन डलर बराबरको अफिमयुक्त लागुपदार्थको कारोवार पाकिस्तानले गर्दै आएको छ । अफगानिस्तानको ४३ प्रतिशत गाँजा, चरेस पनि पाकिस्तानमार्फत नै बेचिन्छ । 

भारतले पंजाब र नेपालमार्फत भारतमा लागूपर्दाथ छिरिरहेको गुनासो गर्दै आइरहेको छ । यसलाई रोक्नुपर्ने जरुरी रहेको भारतको जोड छ । 

भारतले आफू पाकिस्तानबाट ठूलो शिकार भएको पनि बताएको छ । पाकिस्तानले लागुपदार्थमार्फत युद्दको बदला लिएको समेत भारतको निष्कर्ष छ । 

पाकिस्तानले हालको बंगलादेश (पहिले पूर्वी पाकिस्तान) मा भोगेको पराजयको बदला लिन लागुपदार्थलाई मुख्य हतियार बनाएको पनि भारतको निष्कर्ष छ । 

कति छन् भारतमा लागुपदार्थ सेवनकर्ता ? 
पाकिस्तानले भारतीयलाई तहसनहस पार्दै आफ्नो योजना सफल बनाउने उद्धेश्य लिएको भारतीय दावी छ । त्यसमा नेपाली भूमिसमेत प्रयोगमा आएको उसको विश्लेष्ण छ । 

नेपाललाई लागुऔषधको ट्रान्डिटका रुपमा लिइए पनि अहिलेसम्म रोकथाम हुन नसकेको उसको गुनासो छ। झन अहिले गाँजा खेतीलाई वैधानिकता दिने कुरा संसदमै उठ्न थालेपछि भारत थप ससंकित देखिएको छ। 

इन्टरपोलले समेत पनि खासै सफलता हासिल गर्न नसकेको अवस्था कायमै छ । 

भारतीय सरकारी अध्ययनका अनुसार १५ देखि ३५ वर्ष उमेर समूहका नौ करोड भारतीय पुरुषहरुले लागुऔषध प्रयोग गर्छन् । 

त्यसमा पनि हेरोइन सबैभन्दा बढी रुचाइने गरेको बताइन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ