arrow

कैलालीबाट डोटीमा स्वास्थ्य बीमा कार्यक्रम आउन चार वर्ष लाग्यो

logo
प्रकाश बम,
प्रकाशित २०७६ फागुन २२ बिहिबार
health-insurance-doti.jpg

डोटी । डोटीमा बुधबार एक कार्यक्रमका बीच स्वास्थ्य बीमा कार्यक्रम शुरु गरिएको छ । स्वास्थ तथा जनसंङ्ख्या राज्यमन्त्री नबराज रावतले दिपायल सिलगढी नगरपालिका ६ बस्ने ७९ वर्षीय रतन मलासी र ७१ वर्षीया रुक्मीणि मलासीलाई  स्वास्थ्य बीमा परिचय पत्र बितरण गरेर कार्यक्रमको शुरु गरेका हुन् । 

सो अवसरमा मन्त्री रावतले स्वास्थ्य बीमाका बारेमा चेतना फैलाउनु जरुरी रहेको बताउँदै तीन हजार पाँच सयमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य उपचार पाउने कुरा सामान्य नभएको बताए ।

स्वास्थ्य बीमा कार्यक्रमलाई सफल पार्न स्थानीय तहका जनप्रतिनिधिहरुको ठूलो भूमिका रहने मन्त्री रावतले बताए । उनले कोरोनाको संक्रमण देखिएमा नियन्त्रण गर्ने क्षमता नेपालसंग नभएको बताए ।

कार्यक्रममा स्वास्थ्य बीमा बोर्डका कार्यकारी निर्देशक रमेशकुमार पोखरेलले ७० बर्षभन्दा माथिका जेष्ठ नागरिक, विपन्न, एचआईभी संक्रमित, क बर्गको अपाङ्गता भएका व्यक्ति, एमडीआर टिभी र कुष्ठरोगीको बोर्डले निशुल्क बीमा गर्ने बताए । 

गरिबी पहिचान भइसकेका परिवारलाई पनि निःशुल्क स्वास्थ लागु गरिने छ। स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न जिल्लामा ५८ जना दर्ता सहयोगीहरुलाई तालिम दिई छनौट गरिएको स्वास्थ बीमा बोर्ड सुदुर पश्चिम प्रबन्ध निर्देशक  नरेस चौधरीले जानकारी दिए । अन्य छुट ७ जना तत्काल तालिम दिएर वडामा पठाइने उनले बताए ।

वडा कार्यलयबाट सिफारिस गरेर पठाएका ब्यक्तिहरुको अन्तरवार्ताका माध्यमबाट छनौट गरी दर्ता सहयोगीहरुलाई तालिम र सोही अनुसारको सफ्टवेयर दिइएको चौधरीले बताए ।

प्रत्येक दर्ता सहयोगीहरुलाई एक स्मार्ट मोबाइल फोनमा एप्स डाउनलोड गरि दिएको छ । सहयोगिहरुले प्रत्येक घर घरमा पुगेर फोटो खिचाएर परिवारका प्रत्येक सदस्यहरुलाई एक एक वटा बीमा कार्ड वितरण गर्ने छन्।

प्रत्येक घरबाट नै रसिद लिई ५ जनाको परिवारका सदस्यबाट ३ हजार ५ सय र त्यसभन्दा माथि  परीवारका  प्रत्येक सदस्य ७ सय का दरले रकम बढी लाग्ने छ ।

अधिकत्तम बीमा १ लाखको हुने छ । ५ जनाका परिवारका सदस्यको ३ हजार ५ सय रकम बुझाउँदा वर्षको एक लाख  वरावरको उपचार पाइने छ ।

बीमा गरेका प्रत्येक सदस्यहरुले प्राथमिक उपचार गराउने केन्द्र, जिल्लाका अस्पताल र केन्द्रका अस्पताल कुन कुनमा उपचार गराउने हो त्यस सम्बन्धी विवरण पनि भरिने छ ।

एक वर्षसम्म बीमा गरेको परिवारको सदस्यलाई एक लाखसम्मको स्वास्थ्य सेवा (उपचार, निदान र औषधि) प्रदान गरिने छ ।

कहिलेबाट पाइन्छ सेवा रु

प्रत्येक वर्ष बीमा हरेक परिवारले ५ जना सदस्य बरावर लाग्ने ३हजार ५ सय रकम बुझाउनुपर्ने छ ।

१ वर्षभर परिवारका कोही पनि सदस्य बिरामी भएनन् भने पूरा शरीर परीक्षण पनि गर्न पाइन्छ ।
फागुनबाट  रकम बुझाउने ब्यक्तिले जेठ महिनाबाट उपचार पाउन शुरु गर्दछ । 

उपचार गर्दा रकम कति खर्च भयो भनेर सम्वन्धित अस्पतालबाट हेर्न मिल्ने व्यवस्था गरिएको छ । बीमा रकम सकिन १० प्रतिशत बाँकी भएपछि मोवाइलमा म्यासेज पठाउने व्यवस्था गरिएको  स्वास्थ्य बीमा बोर्ड  सुदुर पश्चिम प्रदेशकार्यलयका प्रबन्धक  नरेश चौधरीले जानकारी दिए ।
बीमा सम्झौता गरेका अस्पताल वा स्वास्थ्य केन्द्रहरुले आफू खुसी बिरामीको पैसा काट्न नपाउने व्यवस्था गरिएको छ ।

कुनकुन सेवा लिदाँ कति रकम बिमा समितिले तिर्ने भन्ने सम्झौतामा उल्लेख भए बमोजिम अस्पतालहरुले भुक्तानी पाउने छन् ।

अस्पतालहरुलाई केही रकम पेश्कीको रुपमा प्रदान गर्ने वा बिरामीले उपचार लिएको १५ दिन भित्र नै अस्पतालले माग दावी गरे बमोजिमको रकम दिने व्यवस्था मिलाइएको जनाएको छ ।

बीमाको खर्च रकम ९५ प्रतिशत नेपाल सरकारले र ५ प्रतिशत मात्रै परीवारले व्यहोर्ने उदेश्य स्वास्थ्य बीमा कार्यक्रमको रहेको चौधरीले बताए ।   ५४ औ जिल्लाका रूपमा  डोटीमा स्वास्थ्य बिमा कार्यक्रम लागु गरिएको छ । ५५ औं जिल्लाका रूपमा बिहिवार डडेलल्धुरा स्वास्थ बिमा कार्यक्रम लागू हुँदै छ।

२०७२ चैत्र २५ गते  कैलाली जिल्ला बाट  स्वास्थ्य बीमा कार्यक्रम शुरु गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ