arrow

 उद्योग बाणिज्य संघको नया कार्यसमितिलाई सपथ र पदवहाली

logo
प्रकाशित २०७६ फागुन २२ बिहिबार
dhankuta-fncci.jpg

धनकुटा । धनकुटा उद्योग बाणिज्य संघको नव निर्वाचित अध्यक्षमा विजय सन्तोषी राई लगायत १९ जना  नयाँ  कार्य समितिले बुधबार विशेष समारोहबीच सपथ लिई पद वहाली गरेका छन् ।

धनकुटा जिल्ला समन्वय समितिका प्रमुख टंक वहादुर चुवान,प्रमुख जिल्ला अधिकारी डा. कृष्ण वहादुर घिमिरे,धनकुटा उद्योग बाणिज्य संघका प्रमुख निर्वाचन आयुक्त विकास प्रधान ,धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमेश घिमिरे लगायतले नव निर्वाचित अध्यक्ष विजय सन्तोषी राई लगायत सम्पूर्ण कार्यसमितिलाई  सपथ गराई पदस्थापनाका साथ पदवहाली गराउँदै  धनकुटाको उद्योग बाणिज्य संघलाई देशकै नमुना बनाउदै धनकुटाको विकास र समृद्धीका लागी धनकुटा उद्योग बाणिज्य संघले विशेष अभियान संचालन गर्नु पर्नेमा जोड दिए ।

धनकुटा उद्योग बाणिज्य संघका निर्वतमान अध्यक्ष उमेश घिमिरेको अध्यक्षतमा भएको पद हस्तान्तरण तथा पदवहाली कार्यक्रममा स्वागत मन्तव्य निर्वतमान कोषाध्यक्ष रोशेष श्रेष्ठले गरेका थिए भने कार्यक्रमको संचालन निर्वाचित समितिका सदस्य खगेन्द्र घिमिरेले गरेका थिए ।

 पदहस्तान्तरण पछि आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा प्रमुख अतिथि, अतिथि तथा सहभागी उद्योगी, व्यावसायी, व्यापारी लगायत विभिन्न संघ संस्थाहरुका प्रतिनिधिहरुले खादा माला तथा अविर टिका लगाई दिई सफल कार्यकालको लागी शुभ कामना दिदै बधाई ज्ञापन गरेका थिए । 

नव निर्वाचित अध्यक्ष विजय सन्तोषी राईको अध्यक्षमा भएको शुभ कामना तथा बधाई ज्ञापन कार्यक्रमको संचालन महासचिव राम गोङ्वा तामाङ्गले गरेका थिए । 

नव निर्वाचित अध्यक्ष विजय सन्तोषी राइर्, वरिष्ठ उपाध्यक्षमा मन कुमारी तितुङ्ग (तारा), उपाध्यक्षमा खगेन्द्र विष्ट, उपाध्यक्षमा कृष्णराज श्रेष्ठ, महिला उपाध्यक्षमा निर्मला राई श्रेष्ठ,महासचिवमा राम वहादुर तामाङ्ग गोङ्वा, सचिवमा रामबहादुर राया, कोषाध्यक्षमा रुपेश श्रेष्ठ, सदस्यहरुमा खुल्ला तर्फ सदस्यहरुमा अम्बिका धमला, नगेन्द्र काफ्ले, नविन श्रेष्ठ, महेन्द्र थापा, राम तामाङ्ग, महिला तर्फबाट सुदस्यहरुमा रेजिना पालिखे, सुनिता थापा पौडेल, वस्तुगत तर्फबाट सदस्यहरुमा उज्वल कर्माचार्य, दिजेश शाक्य, देवबहादुर विश्वकर्मा र उद्योग तर्फबाट सदस्यमा भिमबहादुर खेवा लिम्बुले सपथ लिई पदवहाली गरेका हुन् । 

पदस्थापन कार्यक्रममा नव निर्वाचित अध्यक्ष विजय सन्तोषी राईले धनकुटामा उद्योग ,व्यापार र व्यावसायको प्रवद्धन र सम्वद्धनमा विशेष अभियान संचालन गर्दै उद्योगी, व्यापारी र व्यावसायीहरुको हक हितका  लागी समेत सशक्त ढंगले क्रियाशिल भै सवै उद्योगी, व्यापारी र व्यावसायीहरुलगायत सवै तहका सरकार र सवै संघ संस्था,कार्यहरुसंग सहमती,सहकार्य र एकताका साथ धनकुटाको बिकास र समृद्धीका लागी योगदान दिने वताउदै एक महिना भित्रनै परिर्वतनको अनुभूती दिलाउने बताए ।  
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ