arrow

शिक्षाबाट बन्चित बालबालिकाको लागि शिक्षक नै उपहार

logo
निर्मल खत्री।
प्रकाशित २०७३ वैशाख १० शुक्रबार
balbalika-(1).jpg.jpeg
म्याग्दी। सदरमुकाम बेनी बजारको नजिकै रहेको बस्ती हो डम्मरा। जुन बेनी नगरपालिका ५ पर्दछ। साहो ठाउँमा करिव ५० जना ससांना बालबालिकहरु छन। हेर्दा जति बजारको नजिकको देखिन्छ तर शिक्षाको पहुँचमा निकै टाढा छ। सोही बस्तीका एक सामजिक ब्यक्ति हुन कृष्ण बहादुर बानियाँ।
 
डम्मरा क्षेत्रका ति ५० जना बालबालिकाहरु बिद्यालय भर्ना त भएका छन तर कतिपय बालबालिका बिद्यायलय जादैन् कतिपय गएपनि राम्रो संग अध्ययन नगर्ने बानियाँ बताउँछन। नरशरी ब्याड मानिने बालबालिकाहरु धेरै जस्तो माछा मार्ने सानै उमेरमा कुलतमा लाग्ने गरेको देखिन्छ। छोरो बिद्यालय भन्दा खोलामा गई माछा मारेर लिएकोमा खुशि हुन्छन परिवार किनकी गरिबिको कारणले। 
 
त्यही गरिव परिवारका शिक्षाको पहुँचबाट बाहिर रहेका बालबालिकाको लागि सनराईज बाल क्लवको स्थापना गरेका छन बानियाँले हरेक हप्ताको शनिबार र बिदाको दिनमा ११ बजे देखि १ बजे सम्म क्लवको कार्यालयमा बालबालिकालाई शिक्षा संगै बिभिन्न अतिरिक्त क्रियाकलाप सिकाईने गरिएको छ। 
 
कार्यालयमा केही थान पूस्तक र खेलकुदका सामाग्रीहरु छन्। जानकी केसी र दिपा केसी दुईजना स्वयसेवक पनि छन उनिहरुले त्यस क्षेत्रका सम्पूर्ण बालबालिकाहरुलाई शिक्षा संगसंगै बिद्यालय जाने अध्ययन गर्ने र बाटोमा नखेल्ने र अनुसासनका कुराहरु सिकाउदै आएका छन।
 
हामीले बालबालिकालाई उनिहरुको चाहाना अनुसारको किताव दिने अध्ययन गर्ने सिकाउने र परिवारलाई कसरी सहयोग गर्ने जस्ता अनुशासनका कुरा सिकाउने संगै हप्तामा इच्छा भएकालाई कपि बितरण गरिने सोही कपिमा नेपाली अक्षरहरु लेखि भरेका मध्य राम्रो अक्षर भएकालाई रु पाचँ सय पुरस्कार दिने गरेको स्वसेबक दिपा केसी बताउछिन।
 
केही बालबालिकाहरु सदरमुकामका केही बिद्यालयमा भर्ना भए पनि उनिहरु अध्ययनलाई बेवास्ता गरि बाटोमा खेल्ने खोलामा जाने र कुलतमा फसेकाहरुले अराई सिकाई गरेको मान्ने गरेकोले सभ्य समाज निर्माण गर्नको लागि नरशरि ब्याडबाटै आफुलै यस क्षेत्रका बालबालिकाहरुलाई शिक्षाको पहुँचमा पुर्‍याउनको यस बाल क्लवको स्थापना गरि उक्त्त कार्यमा लागेको बाल क्लवका संरक्षक बानियाँले बताए।
 
दुई महिना देखि सञ्चालन गरेको बालक्लवलाई छिटै स्थाई रुपमा दर्ता गरि लाईबेरिको रुपमा संञ्चालन गरी यहाँका सबै बालबालिकालाई शिक्षाको पहुँचमा पुर्‍याउने उद्धेश्य रहेको छ। हाल म्याग्दी सदरमुकामका ब्यापारीहरुको सहयोगमा क्लवमा केही शैक्षिक सामाग्री सहित भौतिक लिएको अव यसलाई बढाउदै जाने उनको उनको उद्धेश्य रहेको बानियाँले बताए। यस कार्यमा सबैले साथ दिए सबै बालबालिका सफल भई सभ्य समाज निर्माण हुने उनको भनाई छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ