arrow

कोरोनाका नाममा कालोबजारी र मूल्यबृद्धि नहोस् : शंकर भण्डारी

logo
प्रकाशित २०७६ फागुन २२ बिहिबार
shankar_bhandari.jpg

काठमाडौं। नेपाली कांग्रेसका नेता तथा तरुण विभाग प्रमुख शंकर भण्डारीले कोरोना भाइरसका कारण नेपालमा हुनसक्ने कालोबजारी र मूल्यबृद्धि रोक्न सरकार गम्भीर बन्न आग्रह गरेका छन्। कोरोना भाइरसबाट निम्तने संभावित संकट सामना गर्न सरकारले पूर्व तयारी नगरेको भन्दै उनले भाइरस नेपाल प्रवेश गर्नै नदिन र यस विरुद्ध लड्न आवश्यक पूर्वाधार तयारी गर्न सरकारसँग माग गरेका छन्।

‘यही विषम परिस्थितिलाई लिएर कालो बजारी मौलाउने, अनियन्त्रीत मूल्य बृद्धि हुने भएकाले सरकारले बेलैमा सोचोस नत्र तरुणहरुले हस्तक्षेप गर्नेछन्,’ उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गर्न र मूल्यबृद्धि रोक्न सरकार असफल भएकाले तरुणहरु सडकमै जाने अवस्था आइसकेको छ।’

त्यस्तै तरुण दलका अध्यक्ष जितजंग बस्नेतले कोरोना भाइरस रोकथाम गर्न वा  नेपालमा प्रवेश नै हुन नदिन सरकारले जन चेतना फैलाउनुपर्ने बताए। उनले भने,‘यही मौकाको फाइदा उठाउँदै कालोबजारी बढ्ने र खाद्यन्न संकट हुने भएकाले सरकार बेलैमा सचेत हुनु जरुरी छ।’

तरुण विभागले एक अपिल नै सार्वजनिक गर्दै नेपाललाई आवश्यक पर्ने औषधी तथा स्वास्थ्य उपकरण, खाद्यान्न, इन्धन लगायत नेपाली बजारमा अभाव हुनसक्ने अत्यावश्यक सामाग्रीहरुको आपूर्तिका लागि पूर्व सजकता अपनाउन आग्रह गरेको छ।

अपिलमा भनिएको छ–प्रत्येक जिल्ला र घना बसोबास भएका शहरहरुमा कोरोना सम्बन्धी सूचना केन्द्र, उपचारका लागि अलग्गै हस्पिटल वा सुविधा सम्पन्न आइसोलेसन यूनिटको प्रवन्ध मिलाउन सरकारको ध्यान जाओस।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ