‘नेपालको गुणस्तरीय स्वास्थ्य सेवाले भारत जाने पैसा रोक्न सकिन्छ’

डा. केयुर गौतम प्रकाशित मिति : २०७३ बैशाख १० शुक्रबार
काठमाडौं। हाम्रो स्वास्थ्य सेवा क्षेत्रले गुणस्तरमा विश्वासिलो काम गर्न नसकेकाले नै नेपालका बिरामीहरु भारत वा अन्य देश जाने गरेका छन्। हाम्रो क्षेत्रले आँखा खोल्ने बेला भैसकेको छ। गुणस्तरमा ध्यान दिन अब अबेला गर्न हुन्न। 
नत्र जसरी हाम्रो स्वास्थ्य क्षेत्रमा देखिएको बिकृतीले जरा गाड्दै गएको छ यस्तो समय पनि आउन सक्छ जुन जरा उखेल्न नसक्ने स्थितीमा पुग्ने छौं। 
 
भारतको बेंगलोरमा गुणस्तर प्रमाण पत्र (ISO) प्राप्त अस्पताल एवं प्याथोलोजी प्रयोगशालाहरुको भेला भएको थियो। 
 
हामी नेपालको पहिलो गुणस्तर प्रमाण पत्र पाउने प्याथोलोजी प्रयोगशाला भएको नाताले उक्त काहोकोन (Consortium of Accredited Health Care Organizations) मा निमन्त्रणा पाईएको थियो।  यो अवसर थियो आफ्नो अनुभव बाँड्ने र भारतका प्याथोलोजी ल्याबहरुका अनुभव सुन्ने र सिक्ने मौका। 
 
म पनि आफ्नो अनुभव सुनाउन उत्साहित थिएं भने त्यो भन्दा बढी भारतीय स्वास्थ्य क्षेत्रले गुणस्तरमा मारिरहेको फड्कोका बारे सुन्न र जान्न आतुर थिएं। 
 
नेपालबाट भारतमा जसरी बिरामीहरु जाने गरेका छन् त्यो हेर्दा एउटा कुरो पक्का के हुन्छ भने उनीहरुले आफ्नो स्वास्थ्य सेवालाई गुणस्तरिय बनाउने क्रममा गरिरहेको मिहिनेत नै हो। 
 
भारतकै अनुभवको कुरा गर्दा त्यहाँ पनि बिकृतीसँग युद्ध गर्दै गुणस्तरिय स्वास्थ्यका अभियन्ताहरु लागिपरेका छन्। भारतिय सरकारको पनि उकत कार्यमा सहयोग प्रष्टरुपमा देख्न सकिन्छ। 
 
हाम्रोमा सरकारले नेतृत्वदायक भुमिका निर्वाहामा उत्तम नत्र निजी क्षेत्रले गुणस्तरिय स्वास्थ्यमा काम गरिरहँदा सहयोग मात्र गरिदिए पनि धेरै हुने स्थिती रहेको छ।  
 
भारतमा तीन फरक संस्थाहरुले स्वास्थ्य क्षेत्रमा गुणस्तर प्रमाण पत्र दिने गरेको छ। एनएबएलले प्याथोलोजी प्रयोगशालालाई गुणस्तर प्रमाण पत्र दिन्छ भने एनएबीएचले अस्पताललाई मात्र प्रमाण पत्र दिने गरेको छ। त्यसैगरि जेसीआईले प्रयोगशाला र अस्पताल दुवैलाई गुणस्तरको प्रमाण पत्र दिने गरेको छ। 
 
तीनवटा फरक फरक संस्थाले आफ्नो अनुभव र अफ्ठ्याराहरु एक अर्कासँग बाँड्न सकुन भन्ने उद्देश्यले काहोकान नाम दिएर एउटा भेला बर्षेनी आयोजना हुने गरेको छ।
 
भारतमा ७०० वटा अस्पताल र प्याथोलोजी प्रयोगशालाहरुले गुणस्तर प्रमाणपत्र पाईसकेका छन्। नेपालमा आईएसओ पाईसकेका प्याथोलोजी ल्याब दुई वटा मात्र रहेका छन्। कति अस्पताल-ल्याबहरुले आफु आईएसओ गुणस्तर प्रमाणित भनेर भन्छन्। उनीहरुको प्रमाण पत्र अस्पताल वा ल्याब ब्यवस्थापन गुणस्तरिय छ भनेर दिईएको हो न की त्यहाँको सेवा वा सुविधाकालगि दिईएको हो। व्यवस्थापनकालागि दिईने आईएसओ ९००० सिरिजको हुन्छ । 
 
हाम्रो ल्याबले पाएको आईएसओ १५१८९:२०१२ रहेको छ जुनले स्पष्ट रुपमा प्रयोगशालाको सेवा, सुविधा एवं गुणस्तरको मापदण्ड पुरा गरिएको जनाउने गर्छ। यही नंबरले ब्यवस्थापनको मापदण्ड पनि पुरा गरेको बुझाउने गर्छ। 
 
काहोकोनले गरेको यो बर्षको भेलामा ‘गुणस्तर प्रमाणित पत्र भन्दा परको गुणस्तर’ भन्ने कुरामा बहस भएको थियो। भारतमा पुर्न गुणस्तरका बारे बहश शुरु भएको छ। पुर्ण गुणस्तर भन्नाले ल्याब, डाक्टर, व्यवस्थापन मात्र होईन गाडी पार्किङ, खाना खाने ठाउँ, कर्मचारीको बयवहार, पार्किङ सुविधा आदि पर्ने गरेका छन्। 
 
त्यहाँ हेर्दै जाँदा ‘ड्राईव थ्रु’ ब्लड टेस्टिङ ल्याब पनि हेर्न पाईयो। गाडीमा आएका मान्छे आफ्नो गाडीबाट नओर्ली रगत जाँचकालागि स्याम्पल दिने ब्यवस्था हुने रहेछ। 
 
भारतमा यस्ता खालका छलफल शुरु भैसकेको अवस्थामा हामी आफ्नै समस्यामा अल्झिरहेका छौं। हामी पनि गुणस्तरमा ध्यान दिन थाल्यौं भने स्वास्थ्यकालागि भारत जाने धेरै पैसा रोक्न सकिने विश्वास गर्न सकिन्छ। 
 
नेपालमै हुनसक्ने उपचार एवं प्रयोगशाला जाँचकालागि पनि भारत जाने गरेको पाईन्छ। यो क्रम रोक्नकालागि हामीले आफ्नो गुणस्तरमा ध्यान दिनै पर्ने हुन्छ अर्को कुनै बिकल्प देखिंदैन्। 
 
नेपालमा पनि बिस्तारै गुणस्तरमा मानिसहरुले चाँसो दिन थालेका छन् जुन नेपालको स्वास्थ्य क्षेत्रकालागि पक्कै पनि राम्रो कुरो हो। समाजले बिस्तारै आफै गुणस्तरको गफ गर्न लागेमा सेवा क्षेत्रमा लागेकाहरुले बाध्य भएर गुणस्तरिय सेवा दिनै पर्ने हुन्छ। नेपालमा पनि शुरुवात भएको छ र एक बर्षमा हामीले राम्रो गरिरहेका छौं। अरु धेरै ल्याब र अस्पतालहरुले पनि गुणस्तर प्रमाणपत्र प्राप्त गरेमा वा यो प्रकृयामा आएमा हाम्रो स्वास्थ्य क्षेत्र राम्रो हुनेछ।
 
हामी स्वास्थ्य पर्यटनको कुरा गरिरहेका छौं तर हामीसँग पर्यटकलाई आकर्षित गर्नकालागि विश्वासिलो गुणस्तर प्रमाणपत्र प्राप्त स्वास्थ्य सेवा केन्द्रहरु छैनन्। स्वास्थ्य पर्यटनको गफ मात्र गर्ने हो भने एउटा कुरा तर काम पनि गर्ने हो भने गुणस्तर सेवा अपरिहार्य हुन जानेछ। 
 
(सम्यक डाईग्नोष्टिक प्रा.लीका संचालक डा. केयुर गौतम प्याथोलोजिष्ट हुनुहुन्छ। माथिको लेख डा. केयुरसँग हाम्राकुरा सहकर्मीले कुराकानीका आधारमा तयार)
 
नयाँ