arrow

कोरोना भाइरसका कारण इपिएल स्थगित

logo
रासस,
प्रकाशित २०७६ फागुन २२ बिहिबार
EPL-logo-jpg.jpg

काठमाडौं। कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ। चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै गएपछि इपिएल स्थगन गरिएको आयोजक इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए।

उनका अनुसार नेपाल क्रिकेट सङ्घ, सहभागी टोली तथा प्रायोजकसँगको छलफलपछि प्रतियोगिता स्थगन गरिएको हो। “कोरोनाको त्रासले अहिले इपिएल स्थगित गरेका छौँ । स्थिति नियन्त्रण भएपछि नयाँ मिति तय गर्नेछौँ”, उनले भने। 

यसअघि इपिएल आगामी चैत १ देखि १५ गतेसम्म कीर्तिपुरस्थित त्रिवि मैदानमा हुने तय भएको थियो। प्रतियोगितामा विभिन्न ६ टोलीको सहभागिता हुनेछ। ललितपुर, काठमाडौँ किङ्स इलेभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारियर्स रहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ