सिटी एक्सप्रेस मनी ट्रान्सफर र इएमक्युबीच रेमिटान्स कारोबार गर्न सम्झौता
प्रकाशित २०७६ फागुन २२ बिहिबार
264
Shares
काठमाडौं। ख्याति प्राप्त रेमिटान्स कम्पनी लिमिटेड इएमक्यू र सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबर सुरु भएको जनाएको छ। जापान, युएई, जोर्डन स्थित उपभोक्ताहरुले इएमक्यू रेमिटान्स सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन्।
नेपालमा सिटी एक्सप्रेससंग आबद्ध रहेका ७५०० भन्दा बढी एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न समेत सकिने बताइएको छ। उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र इएमक्यू लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याक्स एलेक्जेन्डर लिउले हस्ताक्षर गरेका छन्।