काठमाडौं। बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले आज चन्द्रागिरिबाट पक्राउ गरेको छ। खोटाङ याम्खा घर भई काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले जानकारी दिए।
उनीमाथि नौ लाख चेक बाउन्स भएको आरोपमा बैंकिङ कसुर मुद्दा चलाइएको छ। उक्त मुद्दापछि फरार रहेका राईलाई झापाबाट काठमाडौं आउँदै गरेको यात्रुवाहक बसमा फेला पारी प्रहरीले पक्राउ गरेको हो। राईलाई थप अनुसन्धान तथा कारवाहीका लागि महानगरीय प्रहरी बृत्त बानेश्वर पठाइएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ।