arrow

धनकुटामा मुटुरोगीको संख्यामा वृद्धि

logo
प्रकाशित २०७६ फागुन २३ शुक्रबार

धनकुटा । धनकुटा जिल्लामा दिनप्रतिदिन मुटुरोगको संख्यामा उल्लेखनीय वृद्धि हुँदै गएको धनकुटामा आयोजित मुटु सम्वन्धि अन्तरक्रिया कार्यक्रममा  चिकित्सकहरुले बताएका छन् ।

धनकुटामा स्वास्थ्य परिक्षण गर्न आउने बिरामीहरुमा मुटुको समस्या देखिने गरेको चिकित्सकहरुले बताएका हुन् । मानिसको सबैभन्दा महत्वपूर्ण अङ्ग मुटु भएकाले मुटुको स्वास्थ्यमा सबैले विशेष ध्यान दिनेपर्ने धनकुटामा नेपाल हृदयरोग निवारण प्रतिष्ठानद्धारा आयोजित मुटु सम्वन्धि अन्तरक्रिया कार्यक्रममा मुटुरोग विशेषज्ञहरुले बताए । 

सो अवसरमा १ नम्वर प्रदेशका सांसद लिला सुब्बाले मुुटु स्वास्थ्य रहे मानिस स्वस्थ्य हुने भएकाले मुटुलाई स्वस्थ्य राख्न विशेष ध्यान दिनु पर्नेमा जोड दिए ।

सो अवसरमा नेपाल हृदयरोग निवारण प्रतिष्ठानका केन्द्रिय अध्यक्ष पूर्व गभर्नर दिपेन्द्र पुरुष ढकालले मानिसको मुटुलाई स्वस्थ्य राख्नका लागि हृदयरोग निवारण प्रतिष्ठानले  जनचेतना अभियान संचालन गरिहेको बताउँदै अभियानलाई जनस्तरसम्म लैजाने बताए । 

नेपाल हृदयरोग निवारण प्रतिष्ठान धनकुटाका अध्यक्ष राम कुमारी भण्डारीको अध्यक्षतमा सम्पन्न भएको कार्यक्रममा मुटुरोग  सर्जन तथा प्रतिष्ठानका केन्द्रिय महासचिव प्रध्यापक डा प्रकाशराज रेग्मी र केन्द्रिय सदस्य मुटुरोग  सर्जन डा प्रमेराज बैद्यले मुटु र मुटु रोगको बारेमा विस्तुत रुपमा प्रस्तुत गर्दै मुटुलाई स्वस्थ्य बनाउने चाबी मानिससंगै रहेकाले खानपान तथा व्यायाममा विशेष ध्यान दिनु पर्नेमा जोड दिए । 

 कार्यक्रमको उद्देश्यमाथि प्रकाश पार्दै स्वागत मन्तव्य नेपाल हृदयरोग निवारण प्रतिष्ठान धनकुटाका सदस्य तथा धनकुटा उद्योग बाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राईले व्यक्त गरेका थिए भने कार्यक्रमको संचालन सदस्य दिल कुमारी वालिगले गरेकी थिइन् । 

कार्यक्रममा विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु ,धनकुटा अस्पतालका डाक्टरहरु,स्वास्थ्यकर्मीहरु र नेपाल हृदयरोग निवारण प्रतिष्ठान धनकुटाका सदस्यहरु र मुटुरोगीहरुको सहभागीता रहेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ