arrow

कोरोनाको आशंकाः जापानबाट कोरिया हुँदै नेपाल आएका युवा चिकित्सकको निगरानीमा

logo
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
corona-virus-awareness.jpg

सुर्खेत । काठमाडौँबाट सुर्खेत आएका एक युवामा ज्वरोको मात्रा बढी देखिएपछि चिकित्सकको निगरानीमा राखिएको छ । 

बिहीबार बिहान सुर्खेत विमानस्थलमा जाँच गर्दा ती युवामा १००.५ डिग्री सेल्सियस ज्वरो देखिएको हो । 

जापानबाट कोरिया हुँदै ती युवा नेपाल आइपुगेको बताइएको छ । उनलाई प्रदेश अस्पताल कालागाउँमा चिकित्सकको निगरानीमा राखिएको छ । 

अस्पतालका निर्देशक डा डम्बर खड्काले ज्वरो बढी देखिएकाले पूर्ण रुपमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको जानकारी दिए । 

उनले  भने “ती युवालाई तत्काल आइसोलेसनमा राख्नुपर्ने अवस्था नरहेको छैन । ” 

प्रदेश सरकारले विश्वमा महामारीको रुपमा फैलिएको सो भाइरस सुरक्षित रहन सुर्खेत विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरेपछि दैनिक स्वास्थ्य जाँच शुरु गरिएको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ