arrow

कोरोनाले रोकियो सरकारका भ्रष्टाचारको बिरोध कार्यक्रम

logo
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
bp2.jpg

काठमाडौं । नेपाली काँग्रेस (वीपी)ले कोरोनाका कारण विरोध तथा सचेतना कार्यक्रम स्थगित गरेको छ  । शुक्रबार वीपीले भ्रष्टाचारमा लिप्त सरकारको बिरोध गर्ने कार्यक्रम रहेको थियो ।

काण्डै काण्डमा फस्दै गएको एमसीसी राष्ट्रिय हित विपरीत रहेको भ्रष्टाचार र महंगीलाई नियन्त्रण नगरी प्रशय दिएको प्रतिपक्षी दलको गैरजिम्मेवारी पनको विरोध रहेको थियो । साथै कोरोना भाइरस सम्बन्धि सचेतना गर्ने शुक्रबारको कार्यक्रम स्थगित भएको पार्टीले जनाएको छ ।

कोरोना भाइरसले विश्वमा महामारीकोरुप लिगेर फैलिएको र नेपाल सरकारले पनि उच्च सतर्कता अपनाउदै भेला सभा नगर्न आह्वान गरेको कारणले कार्यक्रम स्थकित गरिएको पार्टीले जनाएको छ ।

आम नागरिकको स्वास्थलाई पनि ध्यानमा राखी कोरोना भाईरस छुट्टै परिक्षण केन्द्र र छुट्टै उपचार केन्द्र समेत स्थापना गर्न सरकारसँग माग गरेको युवा नेता सुशीलराज वाग्लेले जानकारी दिए ।   पार्टीले आफ्ना नेताकार्यकर्ता भातृ संस्था सुभेक्षुक संस्थालाई कोरोना भाईरस सम्बन्धि सचेतना जगाउन पनि आह्वान गरेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ