arrow

सडकमा सीम बेच्ने युवा ४० अर्बका मालिक, नेपालबाट यसरी कमाउछन् पैसा

logo
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
Ritesh-Agarwal.jpg

काठमाडौं । भनिन्छ कि कुनै पनि मानिस केही फरक गर्ने प्रयास गर्छ भने सफल हुन्छ । केही नयाँ गर्न सकेको खण्डमा मात्र उसलाई अघि बढ्न निकै सहज हुने गर्छ । भारतका २५ वर्षीय रितेश कुमार पनि केही नयाँ सोचको कारण सफल व्यवसायी बनेका व्यक्ति हुन् ।

कुनै समय उनी सडकमा बसेर मोबाइल सीमकार्ड बेच्ने काम गर्थे । तर अहिले उनीसँग ४० अर्ब नेपाली रुपैयाँभन्दा बढीको सम्पत्ति छ । भारतको ओडिशा राज्यका यी युवाले जीवनमा कहिल्यै पनि अर्बपति हुन्छु भन्ने सोचेका थिएनन् । रोचक कुरा त उनीसँग पढाइ पूरा गरेको कुनै प्रमाणपत्र छैन । उनले सामान्य विद्यालयको पढाइ पूरा गरेका थिए ।

१९९३ मा जन्मिएका यी युवाले १९ वर्षको उमेरमा एक कम्पनी खोलेका थिए । जसको नाम ओयो रुम्स थियो । यो कम्पनी अहिले भारतको मात्र नभई केही अन्य मुलुकमा पनि आफ्नो सेवा प्रदान गरिरहेको छ । अहिले पनि यो कम्पनी तीव्र गतिमा अघि बढिरहेको छ ।

रितेशले टीभीको रिमोटलाई आफ्नो नियन्त्रण राख्ने इच्छाको कारण यो कम्पनीको शुरुवात गरेका थिए । त्यतिबेला यो सम्भव थिएन । उनी सानोमा आफन्तकोमा बस्थे । उनी कार्टुन हेर्न चाहन्थे तर आफन्तको परिवारले उनलाई उक्त च्यानल हेर्न दिँदैनथे ।

उनले सन् २०१३ मा आफ्नो कम्पनीको शुरुवात गर्दा उनीसँग १०–१२ जना मानिस र आईआईटी, हार्वर्ड बिजनेस स्कुलका करिब २ सय मानिस थिए । अहिले उनको कम्पनीमा हजारौं कर्मचारीहरु काम गर्छन् । साथै नेपालमा पनि ओयो रुम्सको शाखाहरु छन् । जसबाट उनले राम्रै पैसा कमाइरहेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ