arrow

बादलको बीचबाट चल्छ अर्जेन्टिनाको यो रेल

logo
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
argentina-train.jpg

काठमाडौं । विश्वका धेरै रेलहरु पुल वा कुनै सुरुङबाट चल्ने गरेको समाचार धेरैले सुन्ने गरेका छन् । यद्यपि तपाइँले कहिल्यै बादलको बीचबाट चल्ने रेलबारे सुन्नुभएको छ ?

अजेन्र्टिनाको एक रेल बादलको बीचमा चल्ने गरेको छ । अर्जेन्टिनाको समुद्री सतहदेखि चार हजार मिटरको उचाइमा रहेको एन्डिज पर्वत श्रृङ्खलाबाट एक रेल चल्ने गरेको छ । केही निश्चित क्षेत्रमा यो रेल बादलको बीचबाट चलेको आभाष हुने गरेको छ । रेलको दुवैतर्फ बादल भएको अवस्थामा भने रेल रेलमा चढ्दा छुट्टै किसिसमको आनन्द आउने गरेको छ ।

यो रेलको शुरुवात अर्जेन्टिनाको सिटी अफ साल्टाबाट हुने गरेको छ । यसको उचाइ ११८७ मिटर रहेको छ । यो रेलमार्ग वैली डी लेर्माबाट चल्छ । ला पोल्वारिला वियाडक्टमा सकिन्छ । यो रेलले १६ घण्टामा २१७ किमी यात्रा गर्ने गर्ने गरेको छ । जसमा ३००० मिटरको उचाइ चढ्ने गरेको छ ।

यो मार्गमा रेलले २९ पुल र २१ सुरुङको पार गर्ने गरेको छ । यो रेलमार्गको निर्माण सन् १९२० मा भएको थियो । यो योजनाका प्रमुख अमेरिकी इन्जिनियर रिचर्ड फोन्टेनको यो योजनाको क्रममा ज्यान गएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ