arrow

पुन: सलमानको होम प्रोडक्शनमा फर्कदै कट्रिना !

logo
प्रकाशित २०७३ वैशाख १० शुक्रबार
salman-and-katrina-friendship.jpg.jpeg
एजेन्सी । बलिउड अभिनेत्री कट्रीना केफको बारेमा नयाँ चर्चा सुरु भएको छ । कट्रीना अभिनेता सलमान ख़ानको  होम प्रोडक्शनमा पुन: आउन लागेकि छन् । 
 
टाइम्स अफ इन्डियाका अनुसार  सलमानको  होम प्रोडक्शनको एक चलचित्रको  निर्देशन तरुण मनसुखानीले गर्ने भएका छन् । तरुणले बितेको ८ बर्षपछि चलचित्र निर्देशन गर्न गइरहेका हुन् । उनले अन्तिम निर्देशन गरेको चलचित्र  'दोस्ताना' हो । समचारका अनुसार  तरुणको निर्देशनमा बन्ने  फिल्ममा फीमेल लीडको लागि कट्रीना केफलाई फाइनल गरिएको छ । तर सो फिल्ममा मुख्य पुरुष भुमिका भने फाइनल भएको छैन ।
 
बलिउडमा एक अटकल काटिदैछ कि रणबीर कपूरिसँग ब्रेकअप भएपछि कट्रीनाको लागि सलमानले गाइडको रुपमा काम गरिरहेका छन् । यसमा  सलमानको  होम प्रोडक्शनमा  बन्ने चलचित्रको लागि कट्रीनालाई चुनिनु अर्थपुर्ण रुपमा हेर्न सकिन्छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ