arrow

झापामा जारी बुद्धिचालमा भारतीय खेलाडी हरिश शिर्ष स्थानमा

logo
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
chess5.jpg

काकरभिट्टा ।  झापाको काकरभिट्टामा जारी पि.वि. थापा के.सि.सि. अन्तराष्ट्रिय वुद्धिचाल प्रतियोगिताको तेस्रो दिन प्रतियोगिताको दोस्रो वरियताका २०९५ रेटेड भारतीय खेलाडी हरिश शर्माले शुक्रवार सम्पन्न भएको छैटौं र सातौ चरणको खेलमा सफलता हात पारी पुर्ण ७ अंक सहित एकल अग्रता लिएका छन । उनले छैटौं चरणको खेलमा मकवानपुरका कृष्ण थापा माथि कठिन जीत निकाले । निकै आक्रमक देखिएका हरिशले सेतो गोटि लिएर खेलको नवौंं चालमा घोडा वलिदान दिएर ४२ औं चालमा खेल आफ्नो  पक्षमा पारे भने सातौं चरणमा भारतका सम्राट गोयल माथि रोमाञ्चक जीत हात पारे ।

नेपालका सुमित पन्त र कृष्ण थापाले ६ अंक हात पारी हरिशलाई पछ्याइ रहेका छन , उत्कृष्ट लयमा देखिएका सुमितले दुवै खेलमा सफलता हात पार्ने क्रममा भारतका विकास निशादलाई छैटौं चरणको खेलमा ३६ औं चालमा हराउन सफल भए भने सातौं चरणमा आक्रमक रुपमा प्रस्तुत हुदैं विपक्षी खेलाडी भारतकै सरकार नन्दनलाई २७ औं चालमा खेल त्याग्न वाध्य वनाए ।

आज मिश्रित खेल प्रदर्शन गरेका एसियन एमेच्योर विजेता खेलाडी कृष्णले सातौं चरणको खेलमा  उदयीमान खेलाडी युवराज पौडेललाई पराजित गरे । ६ अंक प्राप्त गर्ने अन्य खेलाडी हरुमा भारतका राकेश गुरुङ्ग,  रिसभ निसाद रहेका छन । छैटौं चरणको खेलमा राकेशले विकास मैनाली र सातौं चरणको खेलमा राघव श्रीवास्तवलाई निरास वनाए ।  त्यस्तै दुवै खेलमा सफलता हात पारेका रिशभले छैटौं  र सातौं चरणको खेलमा उमेश शाह र क्रिस केडिया माथि वाजी मारे ।

नाइट चेस क्लवको आयोजनामा भइरहेको प्रतियोगितामा भारतका सम्राट गोयल, कुमार गौरभले ५.५ अंक जोडेका छन भने झापाका प्रकाश नेपाल , युवराज पौडेल भोजपुरका सुमन राई , प्रकाश तामाङ्ग, सुमन श्रेष्ठ भारतका सरकार नन्दन र राघव श्रीवास्तवले ५ अंक हात पारेका छन ।

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ