arrow

के शाहरुखलाई रुचाउन छोडेकि हुन् काजोलले ?

logo
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
srk-kajol.jpeg

काठमाडौं । बलिउडका किंग शाहरुख खानका फ्यानहरू लामो समयदेखि फिल्मको पर्खाइमा छन् ।  शाहरुख चाँडै आफ्नो आगामी फिल्म घोषणा गर्नेछन् पनि भनियो।

उनका जन्मदिनदेखि नै फ्यानहरू यस समाचार पर्खिरहेका छन्, यद्यपि किंग खानले बिभिन्न चलचित्रहरूमा काम गर्ने पनि चर्चा भए।

यसै बीच, शाहरुखको मिल्ने साथी र बलिउड अभिनेत्री काजोलले उनीसँग फिल्म गर्न अस्विकृत गरेकी छन् ।

हालै काजोललाई शाहरुख खानसँग फिल्मको प्रस्ताव दिइएको समाचार बाहिरिएको थियो, जसका लागि काजोलले अस्विकृत गरिन् ।

एकातिर प्रशंसकहरूले शाहरुख र काजोलको जोडी मन पराउँछन्, त्यसमा उनले अस्वीकार गर्नु आश्चर्यजनक भएको छ । तर यस समाचारको काजोलले खण्डन गरेकी छन् ।

काजोल आफैंले भर्खरै एक अन्तर्वार्तामा यस्तो केही नभएको स्पष्ट पारेकी छन् । उनले शाहरुखसँग काम गर्ने कुनै प्रस्ताव पाइनन् । उनले यी खबरहरुलाई गलत भएको बताइन् ।

शाहरुख खान र काजोल अन्तिम पटक फिल्म दिलवालेमा सँगै देखाएका थिए।दर्शकले दुबैको जोडी मन पराउँछन्।

दिलवाले दुल्हनियां ले जाएंगे आज पनि प्रत्येक दिन मुम्बईको एक थिटरमा लागि रहेको बताइन्छ ।

शाहरुखको अन्तिम फिल्म जिरो थियो, जुन नराम्रोसँग फ्लप भयो।

यसपछि शाहरुखले विश्राम लिए तर अब फ्यानहरूले उनलाई नयाँ फिल्म बनाउन अनुरोध गरिरहेका छन्।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ