एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा ग्राहकलाई बिशेष छुट
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
693
Shares
काठमाडौं। एनआईसी एशिया क्यापिटल लिमिटेडले तेश्रो वर्ष पुरा गरेको अवसरमा विशेष छुट योजना सार्वजनिक गरेको छ। नयाँ ग्राहकहरुलाई फागुन २२ गते देखि मिति २०७७ आषाढ मसान्त सम्म नि–शुल्क रुपमा हितग्राही खाता खोलिदिने, पहिलो वर्षको खाता संचालन शुल्कमा छुटको व्यवस्था गरेको बताएको छ। यसको साथै मिति २०७६ साल फागुन २२ गते देखि मिति २०७६ साल चैत्र मसान्त सम्म लगानी व्यवस्थापन सेवा शुल्कमा ५० प्रतिशत छुटको व्यवस्था गरेको जनाएको छ।
साथै आगामी दिनमा समेत यस क्यापिटलबाट प्रदान गरिने सेवा सुविधालाई छिटो छरितो र सेवाग्राहीमुखी उच्च कोटिको सेवा उपलब्ध गराउन कटिवद्ध रहेको प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझीले जारी गरेको बिज्ञप्तीमा जनाइएको छ। साथै क्यापिटलले बिभिन्न महत्वपूर्ण उपलब्धी हासिल गरेको बताएको छ।