arrow

शृङ्खला, अनुष्का र विश्वसुन्दरी हमज हेलम्बुमा

logo
प्रकाशित २०७६ फागुन २३ शुक्रबार
hemaj.jpg

सिन्धुपाल्चोक । सन् २०१९ की विश्वसुन्दरी जमैकाकी टोनी एनसिन हमज शुक्रबार सिन्धुपाल्चोकको हेलम्बुमा आइपुगेकी छन् । सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ र शृङ्खला खतिवडासँग शुक्रबार बिहान आएकी उनी हेलम्बुमा निर्माण भइरहेको घोप्टे ध्याङस्थित हिमालय पदमार्ग ‘ग्रेट ट्रेल’को अवलोकन गरेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमग्याल्जेन शेर्पाले बताए।

त्यसैगरी उनले वडा नं ७ सोलसिङ्ग गाउँको पनि अवलोकन गरिन्। त्यहाँ नेपाल सुन्दरी अनुष्का श्रेष्ठद्वारा स्वावलम्बन कार्यक्रमअन्तर्गत १४० घरपरिवारका लागि शिक्षा, स्वास्थ्य र आर्थिक सबलीकरण कार्यक्रम सञ्चालन भइरहेको छ । विश्वसुन्दरी टोनी बिहीबार नेपाल आएकी थिइन् ।

पर्यटकीय दृष्टिकोणले चर्चित हेलम्बुमा चीनको ग्रेटवालको झल्को दिने हिमालयन हेलम्बु ग्रेट ट्रेलको गत वर्षदेखि निर्माण शुरु भई हालसम्म ११० मिटर सम्पन्न भएको छ । कूल रु तीन अर्ब बजेटमा ६० किलोमिटर निर्माण गरिने बहुवर्षीय योजनाअन्तर्गत चालू आवमा एक किलोमिटर निर्माण गर्ने लक्ष्य रहेको पालिकाले जनाएको छ ।

कडा चट्टान ढुङ्गा काटेर सिमेन्टको जोडाइमा दुई मिटर सिमेन्टको सिँढी बनाइएको छ । पदमार्गको दुवैपट्टि ६० सेन्टिमिटरको चौडाइको पर्खाल निर्माण गरिएको छ । एक मिटर सिँढीको काम पूरा गर्न रु ३० हजार लागत लाग्नुका साथै समय पनि बढी लाग्ने गरेको पालिकाका सबइन्जिनीयर शेरबहादुर राईले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ