arrow

आर्थिक क्रान्ति मुलुकको आवश्यकता  : डा बाबुराम भट्टराई

logo
प्रकाशित २०७६ फागुन २४ शनिबार
baburam-bhattarai-economic.jpg

काठमाडौं। समाजवादी पार्टी नेपालका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले आर्थिक क्रान्ति मुलुकको आवश्यकता रहेको बताएका छन्। नेपाल उद्योग वाणिज्य तथा व्यवसाय महासङ्घको प्रथम घोषणासभाका अवसरमा आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पूँजीको पहुँच साना र मध्यम व्यवसायीसम्म लगेमात्र देशको विकास हुने बताएका हुन्। “पुँजीवादको विकास नगरी समाजवाद आउँदैन, उत्पादनशील क्षेत्रमा लगानी गरेर समाजको विकास गर्नु जरुरी छ”, पूर्व प्रधानमन्त्री भट्टराइर्ले भने। वर्तमान सरकार कछुवाको गतिमा अगाडि बढेको र आर्थिक क्षेत्रको विकासमा दुई वर्ष खेर फालेको उनले आरोप लगाए।

पार्टीका सहअध्यक्ष राजेन्द्र श्रेष्ठले विश्वको सम्भावनायुक्त देश भएकाले यहाँ भएका प्राकृतिक सम्पदाको सही सदुपयोग गरी देश विकास गर्नुपर्ने बताए। भ्रष्टचारमुक्त र सुशासनयुक्त मुलुक निर्माणमा समाजवादी पार्टी लागेको उनको भनाइ थियो। पार्टी बौद्धिक पेशागत सङ्घका इन्चार्ज नगेन्द्र प्रधान, नेवाः परिषद्का इन्चार्ज पञ्चलाल महर्जनले मुलुकको अर्थतन्त्र कमजोर हुँदै गएको उल्लेख गरे।

महासङ्घका अध्यक्ष कमला गुरुङले युवालाई स्वदेशमा रोजगारी प्रदान गर्ने माध्याम सरकारले निर्माण गर्नुपर्ने बताए। महासङ्घका उपाध्यक्ष अन्जनकुमार शाक्यले व्यवसायीको हकहितका लागि विभिन्न नौ विषयगत समिति गठन गरिएको जानकारी दिए। पार्टी केन्द्रीय सदस्य आङदेन्जी शेर्पाले विभिन्न विषयगत समितिका अध्यक्ष तथा सदस्यलाई शपथग्रहण गराएका थिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ