arrow

बार्सिलोना शीर्ष स्थानमा, मेस्सीको गोल 

logo
प्रकाशित २०७६ फागुन २५ आइतबार
messi56.jpg

काठमाडौं । स्पेनिश ला लिगा फुटबलमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । लियोनल मेस्सीको गोलमा बार्सिलोना शीर्ष स्थानमा उक्लिएको हो । 

शनिबार राति भएको खेलमा बार्सिलोनाले रियाल सोसिडाडलाई १–० गोल अन्तरले हरायो । 

खेलको ८१ औं मिनेटमा मेस्सीले पेनाल्टीमा गोल गर्दै बार्सिलोनालाई महत्वपूर्ण तीन अंक दिलाए ।

जारी सिजनमा मेस्सीले १९ गोल गरिसकेका छन् । 

अन्य खेलको नतिजा 

आइबर १–२ मयोर्का 
एथलेटिको मड्रिड २–२ सेभिल्ला
गेटाफे ०–० सेल्टाभिगो 

अंक तालिका 
बार्सिलोना २७ खेलबाट ५८ अंकसहित तालिकाको शीर्ष स्थानमा पुनः पुगेको छ । २६ खेलबाट दोस्रो स्थानको रियाल मड्रिडको ५६ अंक छ ।

तेस्रो स्थानको सेभिल्लाको ४६ तथा गेटाफेको ४६ अंक छ । 

एथलेटिको मड्रिडको ४५ अंक छ भने रियाल सोसिडाड ४३ अंक सहित तालिकाको छैटौं स्थानमा यथावत छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ