arrow

उपाधि सेलिब्रेशनको संघारमा लिभरपुल, सलाह र मानेले जिताए  

logo
प्रकाशित २०७६ फागुन २५ आइतबार
liverpool35.jpg

काठमाडौं । लिभरपुल यस पटकको इंगलिश प्रिमियर लिग फुटबलको उपाधिको संघारमा पुगेको छ । सिजन सकिन नौ चरणका खेल बाँकी रहँदा लिभरपुल भने सेलिब्रेशनको तयारीतिर पुगेको हो । 

२९ औं खेलमा लिभरपुलले शनिबार राति एएफसी बर्नमाउथलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा एक गोलले पछि परेको स्थिति उल्टाएर लिभरपुलले जित निकालेको हो । बर्नमाउथका कलुम विल्सनले खेलमा अग्रता लिएका थिए । त्यसपछि मोहमद सलाह र साडियो मानेले लिभरपुललाई एक एक गोल दिलाए । 

अन्य खेलको नतिजा
आर्सनल १–० वेष्टह्याम
क्रिस्टल प्यालेस १–० वाट्फोर्ड
शेफिल्ड युनाइटेड १–० नर्विच सिटी
साउथ ह्याम्पटन ०–१ न्युकासल 
वुल्भस् ०–० ब्राइटन
बर्नली १–१ टोटनह्याम 

अंक तालिका
लिभरपुलले २९ खेलमा ८२ अंक जोडेको छ । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीविरुद्ध २५ अंकको अग्रता बनाएको छ । 

तेस्रो स्थानको लेस्टरको ५० तथा चौथो स्थानको चेल्सीको ४५ अंक छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ