arrow

कक्षा सात विद्यार्थी एक

logo
प्रकाश बम,
प्रकाशित २०७६ फागुन २५ आइतबार
school-7-1.jpg

डोटी । डोटी जिल्लाको पूर्वी चौकी गाउँपालिका २ बग्लेग रिखडा डोटीस्थित बाराहीदेवी आधारभुत विद्यालयको कक्षा ७ मा मात्र १ विद्यार्थी छन् । 

दुई जना भर्ना भएकामध्ये १३ बर्षीय दानबहादुर साउद भारत गएपछि झर्ना ठकुल्ला कक्षा ७ मा एक्ली छात्रा हुन् । कक्षामा अहिले उनलाई शिक्षक र शिक्षिका एक्लै पढाउने गर्छन् । 

कक्षा ७ मा मात्रै नभएर अन्य कक्षामा पनि विद्यार्थीको खडेरी छ । कक्षा ८ मा ४, कक्षा ६ मा १०, कक्षा ५  मा १४, कक्षा ४ मा २१, कक्षा ३ मा २२, कक्षा २ मा ३६ र कक्षा १ मा ६६ जना विद्यार्थी अध्ययनरत छन् । 

विद्यार्थी संख्या घट्दा गुणस्तर बढ्नुपर्नेमा त्यो झन् निराशाजनक स्थितिमा छ । जीर्ण र चुहिने भवनको मुनि बसेर बालबालिका पढ्न बाध्य छन् ।

उक्त विद्यालयमा अहिले दुई कोठाको ब्ल्क बाहेका अन्य कोठाको अवस्था नाजुक रहेको छ। आधारभुत तहमा अस्वभाविक हिसाबले विद्यार्थी घट्दा पनि विद्यार्थी टिकाउन निक्कै गाह्रो भएको  विद्यालयका प्राचार्य गोरख खड्काले बताए  ।

विद्यालयका प्राचार्य  खड्काका अनुसार अशिक्षा , बेरोजगार र  अलि ठूलो हुने बित्तिकै भारत जाने कारणले विद्यार्थी कम हुँदै गएको बताए  ।

पूर्वीचौकी  गाउँपालिका शिक्षा अधिकृत विनोद भट्टले विद्यार्थी कम हुँदा पढाइको गुणस्तर झन् बढ्नुपर्नेमा त्यसो नहुनु दुर्भाग्यपूर्ण रहेको बताए ।

‘पढाइको गुणस्तर र सिकाइ उपलब्धि बढाउनमा मुख्य भूमिका शिक्षककै हुन्छ’, भट्टले भने । 

सुदृढ व्यवस्थापन, स्तरीय सिकाइ र पढाइ मैत्री वातावरण दिनसके सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको आकर्षण बढाउन सकिने उनको भनाइ छ ।

उनले थपे, ‘भौगोलिक बिकटता, अभिभावकको कम चासो, चेतानाको कमी र लामो समयदेखि दुई शिक्षक अनुपस्थित हुनु पनि अर्को कारण रहेको शिक्षा अधिकृत भट्टले बताए । विद्यालयमा दिवा खाजा कार्यक्रम लागू गर्दा पनि विद्यार्थी संङ्ख्या न्यून हुनु दुःखद कुरा रहेको भट्टले बताए ।

पहाडी जिल्लामा एक कक्षामा ४५ जना विद्यार्थी हुनुपर्ने अवधारणा रहेको भट्टले बताए । सदरमुकाम सिलगढिबाट विद्यालय ८ किलोमिटर टाढा रहेको छ ।  

बर्सात हुँदा विद्यालय बन्द गर्नु पर्ने अवस्था 
बर्सात हुँदा विद्यालय बन्द गर्नु पर्ने अवस्था रहेको प्राचार्य खड्काले बताए । जिल्लाको पूर्वी चौकी गाउँपालिका २ बग्लेग रिखडामा रहेको आधारभुत विद्यालयका अधिकांश कक्षाकोठा वर्षा हुँदा चुहिने गर्छन् । बर्सात हुँदा विद्यार्थीलाई कि त एउटा कोठामा राख्नुपर्यो, नभए घर पठाउनु पर्ने बाध्यता रहेको खड्काले बताए । 

टिनले छाएका कक्षा कोठामा  बर्सात हुँदा भित्र पानी भरिने गरेको प्राचार्य खड्काले बताए । 

उनले थपे, ‘त्यति मात्र नभएर पुरानो तीन कोठे भवनको अवस्था जिरण भएकाले डराएर पढाउनु पर्ने अवस्था छ।’

विद्यालयको भवनको अवस्था जिर्ण रहेको स्वीकार्दै पूर्वी चौकीगाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष योकेन्द्र ठकुल्लाले सबैले सामुहिक रूपमा बिद्यालयको भवन  आवश्यक भनेर निर्णय पास गरे भवन निर्माणका लागि बजेट छुट्टाउन सजिलो हुने बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ