arrow

अमिताभ, मिथुन, बिनोद, शत्रुघ्न, दशककै सुपरस्टारका छोरा भए फ्लप

logo
प्रकाशित २०७६ फागुन २५ आइतबार
flop-star-ids1.jpg

काठमाडौं ।  बलिउडमा जम्न ‘गड फादर’ आवश्यक मानिन्छ। यदी पीतानै बलिउडका सुपरस्टार छन् भने त बलिउडमा पाइला टेक्न सजिलो हुने भइहाल्यो। तर घरबाटै  सहयोग पाउँदा पनि सबैले सफलता हासिल गर्न सकेका छन्। बलिउडमा पनि कयौ सफल अभिनेताहरु छन् जो सुपरस्टार भएर पनि सन्तान सफल हुन सकेका छैनन्।  उनिहरुले करियरमा निकै सफलता पाए पनि  उनिहरुका सन्तान भने बलिउडमा सफल हुन सकेनन् ।

हेमा मालिनी र धर्मेन्द्र देवल बलिउडका चर्चित जोडि हुन् । हेमा मालिनीको अभिनय र सुन्दरताको प्रशंसा अझै पनि भइरहन्छ । हेमाका पति धर्मेन्द्र देवल पनि चर्चित अभिनेता भइहाले । तर, उनकी छोरी ईशा देवल भने चर्चित अभिनेत्री बन्न सकिनन् । ‘कोई मेरे दिलसे पुछे’ बाट फिल्मफेयर अवार्ड पाएपनि उनको करियरको रफ्तार चम्किलो बन्न सकेन ।

सुपरस्टार अमिताभ बच्चनका छोरा अभिषेक बच्चनले सन २००० मा चलचित्र ‘रिफ्युजी’बाट बलिउडमा पाइला टेकेका थिए। तर यो चलचित्रले सफलता पाउन सकेन। उनका लगातार १४ वटा चलचित्र फ्लप भएपछि सन २००४ मा ‘युवा’ले सफलता हासिल गरेको थियो। यसपछि उनका ‘बन्टी और बब्ली’, ‘गुरु’, ‘धुम’, ‘सरकार’ जस्ता चलचित्र सफल भए पनि अरु चलचित्र भने असफल नै रहे। उनी पिताको पाएको सफलताको नजिक पनि पुग्न सकेनन्।

मिथुन चक्रवर्ती बलिउडका चर्चीत अभिनेता हुन् । जून १६, १९५२ मा जन्मिएका मिथुनले भारतको राष्ट्रिय फिल्म पुरस्कार प्राप्त गरिसकेका छन् । उनि सामाजिक कार्यकर्ता, उद्यमी र राज्यसभाका सांसद पनि हुन् । मिथुनले आफ्नो अभिनयको सुरूवात कला फिल्म मृगया (१८७६) बाट गरे, जसका कारण उनलाइ सर्वश्रेष्ठ अभिनेता को लागि पहिलो राष्ट्रिय फिल्म पुरस्कार प्राप्त भयो । १९८० को दशकमा आफ्नो सुनौलो जीवनमा एक नृत्य स्टारको रूपमा उनले निकै प्रसंशक बनाए र आफैँलाई भारतको सबैभन्दा लोकप्रिय प्रमुख अभिनेताको रूपमा स्थापित गरे । उनी विशेष गरी १९८२ को चर्चित फिल्म डिस्को डांसर मा स्ट्रीट डांसर जिमी को भुमिकामा उत्रिएपछी लोकप्रिय भए । बलिवुडका ३०० भन्दा धेरै फिल्ममा अभिनयका अलावा उनले बांग्ला सिनेमा, उडिया र भोजपुरी मा पनि अभिनय गरेका छन् ।

मिथुनका छोरा महाअक्षय (मिमोह) चक्रवर्ती भने बलिउडमा सफल हुन सकेनन् ।  महाक्षयले आफ्नो डेब्यू "मिमोह" बाट गरे । जसमा उनको भुमिका एक डीजेको रहेको छ । उनलाई फिल्म फेयर अवार्ड फर बेस्ट मेल डेब्यूको मनफनित पनि गरियो तर उनले पुरस्कार भने जितेनन् । उनले चलचित्र द मर्डररमा पनि अभिनय गरेका छन्  ।

चर्चित बलिउड नायक जितेन्द्रका छोरा तुषार कपुरले पनि बलिउडमा सोचे अनुसारको नाम कमाउन सकेनन्। उनकी दिदी एकता कपुरले टेलिभिजन जगतमा ठुलो सफलता हासिल गरेकी छिन् । तर तुषारले पिताजस्तो स्थान बलिउडमा बनाउन सकेनन्। उनले सन २००१ मा चलचित्र ‘मुझे कुछ कहेना हे’बाट बलिउडमा प्रवेश गरेका थिए ।
        
फिरोज खान भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेता, निर्देशक, निर्माता तथा सम्पादक हुन् । फिरोज खानले १९३९ देखि २००९ सम्म बलिउडमा काम गरे ।  फरदीन खान चर्चित उनका छोरा हुन् । फरदीनले अभिनेत्री मुमताजकी छोरी नताशासँग डिसेम्बर, २००५ मा विवाह गरे । फरदीनले  १९९८ मा बलिउड चलचित्र 'प्रेम अगन'  बाट सुरु गरे तर उनले चर्चा रामगोपाल वर्माको चलचित्र 'जंगल' बाट भयो । उनले त्यसपछि 'प्यार तूने क्या किया', 'ओम जय जगदीश', 'खुशी', 'फिदा' र 'दूल्हा मिल गया' जस्ता चलचित्रमा अभिनय गरे । पछिल्लो समय उनि बलिउडबाट टाढिएका छन् ।

‘खामोश’ भनेरै बलिउडमा छाएका नायक शत्रुघ्न सिन्हाका छोरा लब सिन्हाले बलिउडमा कुकने कमाल देखाउन सकेनन्। उनले सन २०१० मा चलचित्र ‘सदियाँ’ बाट बलिउडमा पाइला त टेके तर यात्र त्यो भन्दा अगाडी बढ्न सकेन। शत्रघ्न सिन्हाकी छोरी सोनाक्षीले भने बलिउडमा ठुलो सफलता पाइराखेकी छिन्।

शेखर सुमन बलिउड अभिनेता एवं दूरदर्शन कलाकार हुन् । उनिको चर्चा बलिउडमा हुने गरेको छ । अध्ययन सुमन उनका छोरा हुन् । अध्ययनको पहिलो चलचित्र अनिल देवगन द्वारा निर्देशित र कुमार मंगत द्वारा निर्मित हाल-ए-दिल हो ।  उनको प्रथम सफल चलचित्र इमरान हाशमी र कंगना राणावतद्वारा अभिनीत २००९ मा प्रदर्शित चलचित्र राज २ हो ।  उनका प्रदर्शित चलचित्रमा अभिनय खराब नभएपनि उनि सफल कलाकार हुन सकेनन् । उनले  महेश भट्टको चलचित्र जश्न्नमा पनि प्रमुख नायकको रुपमा अभिनय गरे । साथै उनले अजय देवगन र तमन्नासँग २०१३मा हिम्मतवाला खभिनय गरे ।   

सदाबहार नायक देव आनन्दका छोरा सुनील आनन्दले पनि बलिउडमा आफूलाई स्थापित गर्न सकेनन्। उनले ८० कै दशकमा ‘ आनन्द ही आनन्द’, ‘कार थीफ’,’मै तेरे लिए’ जस्ता चलचलित्रमा काम गरेका थिए तर कुनै पनि चलचित्रले प्रभाव छोड्न सकेनन्। सन २००१ मा उनले निर्दैशकका रुपमा चलचित्र ‘मास्टर’मा काम गरेका थिए, उक्त चलचलित्रले उनलाई सफलता दिलाएन।

हेरौ बलिउडमा सफल स्टारका अफल सन्तान।
 वुवा धर्मेन्द्र र छोरी ईशा देवल
वुवा मिथुन चक्रवर्तीसँग महाअक्षय (मिमोह) चक्रवर्ती
वुवा फिरोजसँग फरदीन खान
 शेखरसँग छोरा अध्ययन सुमन
वुवा देव आनन्दसँग सुनील आनन्द
जावेद जाफरीसँग वुवा जगदीप
छोरा आर्यसँग राज बब्बर
वुवा शशि कपूरसँग करन कपूर
वुवा राजेन्द्र कुमारसँग कुमार गौरव
छोरा कुणाल र वुवा मनोज कुमार
छोरा लवसँग शत्रुघ्न सिन्हा
छोरा राहुलसँग विनोद खन्ना
अमजद खान र छोरा शादाब
वुवा यश चोपड़ासँग उदय



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ