arrow

जेलमै रहने भए चर्चित खेलाडी रोनाल्डिन्हो

logo
प्रकाशित २०७६ फागुन २५ आइतबार
ronaldinho-passport1.jpg

काठमाडौं । चर्चित पुर्व फुटबलर रोनाल्डिन्हो र उनका भाइ रोबेर्टोलाई  पाराग्वेकै जेलमा राख्‍न अदालतले आदेश दिएको छ। दक्षिण अमेरिकाका राष्ट्रमा नक्कली कागजात बनाई  छिरेको आरोपमा उनीलाई  पाराग्वेकै जेलमा राख्‍न अदालतले आदेश दिएको हो । होटलमा रोनाल्डिन्हो र रोबेर्टोको नाममा पाराग्वेको नक्कली पासपोर्ट भेटिएको थियो ।

रोनाल्डिन्हो ब्राजिल राष्ट्रिय टिमका पूर्वफुटबल खेलाडी हुन् । लाइसेन्सबिना नै पोखरीमा माछा मार्न थालेपछि उनले जरिवानसहित  २०१८ मा पासपोर्ट खोसिएको थियो । अदालतले दुवै दाजुभाइलाई नै कार्बाही गरेको थियो  । उनीसँग अहिले पार्सपोर्ट छैन ।  यसकारण पार्सपोर्ट बिना उडानमा हुने जोखिमले पाराग्वेमै राख्न आदेश दिइएको बताइएको छ ।

पाराग्वेको एक रिसोर्टबाट रोनाल्डिन्हो र उनका भाइ रोबेर्टोलाई पक्राउ गरिएको थियो । पाराग्वेको गृहमन्त्रालयका अनुसार, रोनाल्डिन्हो र रोबर्टोलाई पक्राउ गरेर रिसोर्ट याच्ट एन्ड गल्फ क्लबमा राखिएको छ । रोनाल्डिन्होले भने रिहाइको माग गरेका थिए। पाराग्वेको कानून अनुसार अनुसन्धानका लागि ६ महीना लाग्न सक्ने बताइएको छ।

यसअघिको लफडामा दाजुभाइबाट ८५ करोड डलर जरिवाना असुल गरिएको थियो । साथै उनीहरुको पासपोर्ट खोसेर विदेश जान रोक लगाइएको थियो । सन् २०१५ मा पनि ब्राजिल उनको कागजात र अदालती प्रकृयालाई लिएर विवाद भएको थियो। सन् २००२ मा ब्राजिलले विश्वकप जित्दा महत्वपूर्ण खेलाडीका रुपमा रोन्हाल्डिनो पनि एक थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ