arrow

चौथो उपत्यकाव्यापी कराते सुरु, मेलिना र सुस्मितालाई स्वर्ण

logo
प्रकाशित २०७३ वैशाख १० शुक्रबार
karate-new.jpg.jpeg
काठमाडौं । मेलिना लामाले चौथो उपत्यकाव्यापी कराते तथा किक बक्सिङ्ग प्रतियोगिता २०७३मा शुक्रबार स्वर्ण पदक प्राप्त गरेकी छिन् । उनले २० केजी तौल समूहमा नेपाल सोतोकानकी सरु लामालाई पराजित गरिन् । उनी आयोजक केन्द्रिय शाखा डोजोकी हुन् । आयोजककै नेलिशा पण्डित र आनन्द नगरकी सुनिता तामाङ्गले कास्य पाए । 
 
नेपाल सितेरियो कराते केन्द्रिय शाखा डोजोको आयोजनामा भएको प्रतियोगिताको २५ केजी तौलमा सरस्वती वादोरियोकी सुस्मिता वाइवाले लैनचौर डोजोकी पुनम पौडेललाई पराजित गर्दै स्वर्ण हासिल गरिन् । नरहरीपुरकी मुना शाक्य र पनौती डोजोकी अस्मिता तामाङ्गले कास्य पदक पाए । 
 
पुरुष २० केजी तौलमा भक्तपुर मेन डोजोका सुभाष परियारले बुढानिकन्ठका सन्तोष राईलाई पराजित गर्दै स्वर्ण हात पारे । नेपाल सोतोकानका विशाल लामा र आयोजकका निशान तामाङ्ग संयुक्त तेश्रो भए । दुई दिने प्रतियोगितामा उपत्यकाका ६५० खेलाडीहरुले ३६ स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्नेछन् ।
 
प्रतियोगितामा पुरुष तर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ६०, ६० माथी र खुला, टिम काता र व्यक्तिगत काता गरि १३ र महिला तर्फ २०, २५, ३०, ३५, ४०, ४५, ५०, ५५, ५५ माथी र खुला, टिम र व्यक्तिगत काता गरि १२ र किक बक्सिङ्ग तर्फ पुरुषमा ४५, ५०, ५५, ६० र खुला गरि ५ र महिला तर्फ ४५, ५०, ५५ र खुला गरि ४ विधामा प्रतिस्पर्धा गराईने प्रतियोगिता संयोजक साईला गमालले जानकारी गराए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ