arrow

१ सय ३३ किलोमिटर हिडेर मिथिला माध्यमिकी परिक्रमाको टोली जनकपुरमा

logo
निरंजन कुमार साह,
प्रकाशित २०७६ फागुन २५ आइतबार
paidals.jpg

जनकपुर । विश्वकै लामो पदयात्राका रुपमा चिनिने मिथिलाको लोकप्रिय महाकुम्भ १५ दिने मिथिला माध्यमिकी परिक्रमाको धार्मिक टोली जनकपुरमा आइपुगेको छ । नेपाल–भारतका विभिन्न ठाउँको परिक्रमा गर्दै आइतबार बिहान परिक्रमा टोली जनकपुधाम आइपुगेको हो ।

परिक्रमामा धनुषा, महोत्तरी र भारतको बिहारका सीमावर्ती क्षेत्रमा अवस्थित धार्मिक स्थलहरूको १ सय ७ किलोमिटर र सीमावर्ती क्षेत्र भारतको २६ किलोमिटर गरी १ सय ३३ किलोमिटर दूरी पैदल यात्रा गर्दै साधुसन्त तथा श्रद्धालुहरू जनकपुरमा आइपुगेका छन् ।

मिथिला माध्यमिकी परिक्रमामा सहभागी साधुसन्त तथा भक्तजनहरू जनकपुरधाममा आइबार विश्राम गरी सोमबार नगरको परिक्रमा गर्नेछन् । जनकपुरधाममा हुने परिक्रमालाई अन्तगृह परिक्रमा भनिन्छ । १५ दिने परिक्रमामा सहभागी हुन नसेकाहरू पनि पचकोसी अन्तरगृह परिक्रमामा सहभागिता जनाउँनेछन ।

झाँकि, भजन किर्तन, बाजागाजा सहित प्राचिन मिथिलाको राजधानी जनकपुरधामको अग्नीकुण्डबाट किशोरीजी अर्थात माता जानकी र कचुरी मठबाट मिथिला बिहारी भगवान रामचन्द्रको दुई प्रमुख डोलाको नेतृत्वमा शुरु भएको थियो ।

परिक्रमामा जनकपुरधामको हनुमानगढीबाट कल्याणेश्वर हुँदै फूलहर, मठिहानी, जलेश्वर, मडई, ध्रुवकुण्ड, कन्चनवन, पर्वत्ता, धनुषाधाम, सतोषर, औरही, करुणा, विषौल र पुनः कल्याणेश्वर पुगेर पुनः जनकपुर फर्किएर फागू पूर्णिमाका दिन नगरको पाँचकोशे अन्तर्गृह परिक्रमा गरी समापन हुन्छ ।

फागुन ११ गते धनुषाको मिथिलाबिहारी नगरपालिकाको कचुरीस्थित मिथिला बिहारी मन्दिरबाट भगवान श्री सिताराम मिथिला विहारीको डोला निस्किएको थियो । परिक्रमा यात्राका क्रममा नेपालमा १३ तथा भारतमा २ गरी १५ विश्रामस्थल रहेका हुन् ।  साधुसन्त ,नागाबाबा,सन्यासी र गृहस्थ आश्रमका श्रद्धालुहरुको सहभागिता रहेको छ ।

मिथिला महात्म अनुशार अठारौँ शताब्दिदेखि माध्यमिकी परिक्रमाको रुपमा मनाईदैँ आएको यस धर्मयात्राका सहयात्रीले रात्री भजनकिर्तन गरी १५ दिन बिताउने र पूणिमाका दिन बिहान जनकपुरको अन्तगृह परिक्रमा गरी होली खेली १५ दिबसीय यात्रा सम्पन्न गर्ने गरेका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ